अनुगमनमा अवरोध गर्ने दुई पक्राउ

  • प्रकाशित मितिः भदौ ४, २०७५
  • 1267 पटक पढिएको
  • समय अनलाइन

कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई अवरोध गर्ने र कोठाभित्र थुन्ने दुई व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।

 सोमबार बिहान कालीमाटी तरकारी तथा फलफूल बजारको अनुगमनमा पुगेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको टोलीलाई व्यवसायीले कोठामा थुनेर धर्ना दिएका थिए।

पक्राउ पर्नेमा कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगाना रहेका छन्।

पक्राउ परेका खतिवडा र ढुंगानालाई महानगरीय प्रहरी परिसर टेकुमा राखेर अनुसन्धानन गरिरहेको प्रहरीले जनाएको छ।

व्यवसायीले अनुगमन टोलीलाई थुनेपछि उजनीहरुलाई छुटाउनका लागि प्रहरी नै परिचालन गर्नुपरेको थियो।

 सरकारी टोलीले काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजातमाग्दा नपाएपछि दुबै गाडीलाई नियन्त्रणमा लिएको थियो।

सरकारी टोलीले तरकारीको गाडी नियन्त्रणमा लिएपछि व्यापारीले विरोध गर्दै अनुगमनमा अवरोध गर्दै सरकारी टोलीलाई कोठाभित्र थुनेका हुन्।

आपूर्तिमन्त्री यादव कालीमाटी तरकारी बजार पुगे

यसैबीच उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव कालीमाटी तरकारी बजार पुगेका छन्।

व्यवसायीले अनुगमनमा अवरोध गरेपछि मन्त्री यादव आफै काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसहितको टोली लिएर कालीमाटी पुगेका हुन्।

घटनाको अवस्थाका बारेमा बुझ्न मन्त्री यादव कालीमाटी पुगेको उनको सचिवालयले जनाएको छ।  

कालीमाटीका व्यापारीले यसअघि पनि सरकारी अनुगमन टोलीलाई पटक पटक अबरोध गर्दै आएका छन्। तरकारीमा विचौलिया हाबी हुँदा देशैभरीका तरकारी किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved