कर विरुद्ध कांग्रेसको आन्दोलन

  • प्रकाशित मितिः भदौ ४, २०७५
  • 992 पटक पढिएको
  • समय अनलाइन

इटहरीः स्थानीय सरकारले बढाएको करको विरोध धरानमा पनि शुरु भएको छ । अनावश्यक रुपमा करको दर बढाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन थालेको छ । त्यस्तै स्थानीय व्यापारीले पनि करको विरोध गरेका छन् । 

कर बढाएको भन्दै नेपाली कांग्रेस धरानका सभापति तिलक राईको नेतृत्वमा शनिवार नाराबाजी भएको थियो भने आइतबार उपमहानगरमा कांग्रेसले ज्ञापनपत्र बुझाएको छ। आइतबारै धरानमा कार्यालय भएको व्यापारिहरुको छाता संस्था उद्योग वाणिज्य संघ सुनसरीले पनि ज्ञापनपत्र बुझाएको छ।

कांग्रेसबाट ज्ञापनपत्र बुझाउदै सभापति तिलक राईले १० दिन भित्रमा कर बृद्धि फिर्ता गर्न अल्टिमेटम दिएको छ । व्यापरिको तर्फबाट सुनसरी उद्योग वाणिज्य संघका महासवि शिवराज श्रेष्ठले व्यवशायिले सिफारिस गरेको भन्दै सय प्रतिसत कर बृद्धि भएपछि धरानमा व्यवहाय गर्न सकस भएको बताए । उनले भने, ‘स्थानीय सरकारले करको बारेमा हामीसँग पनि राय मागेको थियो तर केहि पनि कार्यान्वयन गरिएन ।’



कर बारेमा छलफल हुन्छः कार्यवाहक मेयर

व्यापारी र कांग्रेसले कर बृद्धिको विरोध गरेर ज्ञापनपत्र बुझाएपछि कार्यवाहक नगर प्रमुख उपमेयर मन्जु भण्डारीले कर वैज्ञानिक भएको बताइन । स्थानीय सरकारले सबैसँग राय लिएरै कर निर्धारण गरेको भण्डारीले तर्क गरिन । उनले भनिन, ‘सर्वसाधारणहरुलाई मर्का पर्नेगरी कर बृद्धि गरिएको छैन।’ 
 
मर्कापर्ने गरी कर नबढाइएपनि अब बस्ने धरान स्थानीय सरकारको बोर्ड बैठकमा यस बारेमा छलफल गरिने बताइन । हाल धरान स्थानीय सरकार उपमेयर मञ्जु भण्डारीको नेतृत्वमा सञ्चालित छ। केहि समय अगाडि मेयर तारा सुब्बाको उपचारको क्रममा काठमाडौंमा निधन भएपछि धरान मेयरविहिन भएको छ ।
 
इटहरी र विराटनगरमा पनि असन्तुष्टि

धरानमा कर बृद्धिले आन्दोलनको रुपमा लिएपनि करको बारेमा प्रदेश १ का तीन मुख्य शहरहरु धरान, इटहरी र विराटनगर सबैतिर विरोध शुरु भएको छ । चौतर्फी विरोधपछि विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले वृद्धि भएको कर फिर्ता लिने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved