साँढे पाल्न अविवाहित बसेकी सेल्वरानी

  • प्रकाशित मितिः भदौ ४, २०७५
  • 1053 पटक पढिएको
  • समय अनलाइन

मानिसका रहर र शोख धेरै हुन्छन् । सामाजिक बन्धनमा बाँधिएर धेरैले आफ्ना रहरलाई कुल्चिन्छन भने केहीले सामाजिक बन्धनको पर्खाललाई नै भत्काएर आफ्ना सपना साकार पार्छन ।

यसको एक ज्वलन्त उदाहरण हुन सेल्वरानी कनगारासू । भारतको तमिलनाडू प्रदेशको मुदरै जिल्लाको मेलूर गाउँमा बस्ने सेल्वरानीले पनि सामाजिक बन्धनको पर्खाललाई भत्काएर आफ्नो सोच र सपना पूरा गर्न लागिन र अविवाहित बसेरै भएपनि सपना पूरा गर्न सफल बनिन् । 

भनिन्छ महिलाको लागी विवाह जीवनको रङ्गिन पल हो । समाजमा एकल वा अविवाहित महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ । त्यस कारण आफ्नो सपना त्यागेर पनि प्राय महिलाहरु विवाह गरेर घरजम मै रमाउने गर्छन् ।

घरजम गर्ने परिवार र सन्तानसँग रमाउने सोच भएपनि आफ्नो रहर पूरा गर्न ४८ वर्ष पुगेकी सेल्वरानीले विवाह गर्नुको साटो साँडे पालेर आफूले पालेका साँडेलाई जल्लीकट्टू प्रतियोगितामा सहभागि गराइन् । सानैदेखिको उनको सपना पनि यही थियो । विवाह गरेमा आफ्नो सपना पूरा नहुने भन्दै उनी अविवाहित बसेको कहानी सुनाउँछिन् । 

उनका हजुरबुबा मुत्थुस्वामी र पिता कनगरासूका पालामा साँडेको रेखदेख र हेरचाह गर्नु भनेको बच्चा हुर्काउनु जस्तै हो भन्ने मान्यता थियो । तर जब जिम्मेवारी उनका भाइको काँधमा आइपुग्यो, उनीहरुसँग यो कामका लागि समय थिएन । आफ्ना बाबुबाजेको कामलाई निरन्तरता दिने प्रण सेल्वरानीले गरिन । अनि साँडे पालनमा लागिन् ।

उनले साँडेको नाम रामु राखेकी छिन् । पुरुषले मात्र साँडे समाहाल्नुपर्छ भन्ने परम्परा उनले तोडेकि छिन् । सम्हाल्ने पुरुषले तर साँडे बस्ने ठाउँ सफा गर्ने, खानाको व्यवस्था गर्ने मात्र महिलाले किन भन्ने प्रश्नको उत्तर आफैले साँडे पालेर पाएकी छिन् ।

शुरुमा केही असहज लागेपनि अहिले आफू आफ्नो निर्णयप्रति सन्तुष्ट रहेको उनको भनाई छ । सेल्वरानी आफूलाई कहिल्यै पनि एक्लो सोच्दिनन् । उनले एउटा साँडेलाई आफ्नो परिवारको सदस्य बनाएकी छिन् । 

सेल्वरानी खेतमा मजदुरीको काम गरेर आफ्नो र रामूको पेट पाल्छिन् । रामूलाई अरु साँडेको जस्तो सादा खाना हैन, एक खेलाडी साँडेलाई दिने खाना जस्तै नरिवल, केरा, तिल, खजूर, भात आदि दिने गर्छिन् । रामूको खानाको लागी मात्र दिनको पाँच सय खर्च गर्ने गर्छिन् । आफूलाई कमी भएपनि रामूको खानामा कमी नहोस भन्ने उनको चाहना छ । 

वर्षमा एक पटक हुने जल्लीकट्टू खेलमा आजसम्म रामूले सात पटक भाग लिँदा पाँच पटक उपाधी नै जित्न सफल भएको छ । 

कसैको बसमा नआउने साँडेलाई दुब्ली पातली सेल्वरानी आफ्नो हातले उनको सिङ समातेर शान्त पार्ने गर्छिन् । रामूको सिङ यति धेरै बलियो छ कि जस्तो बलियो व्यक्तिलाई पनि उचालेर फाल्ने शक्ति छ ।

शाहसिक काममा महिला पनि सक्षम छन भन्ने उदाहरण बनेकी उनले आफ्नो यो कामले मनलाई शान्ति दिनुका साथै खेल जित्दा खुसी र गर्व लाग्ने गरेको बताउने गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved