सीमा क्षेत्रमा अपराधिक गतिविधि रोक्न सहकार्य गरेर जाने प्रतिबद्धता

  • प्रकाशित मितिः भदौ ४, २०७५
  • 1550 पटक पढिएको
  • समय अनलाइन

भाण्टावारी । सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि रोक्न सहकार्य गरेर जाने नेपाल र भारतका सुरक्षा अधिकारीले प्रतिबद्धता जनाएका छन् । सोमबार बिहान भाण्टावारी स्थित दशगजा क्षेत्रमा बिओपी हरिपुरको आयोजनामा गरिएको संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा हुने चोरी तस्करी, मानव बेचबिखन तथा लागुऔषध ओसारपसार,अवैध व्यापार रोक्न सहकार्य गरेर जाने प्रतिबद्धता जनाएका हुन ।

बैठकमा जघन्य अपराध गरी अर्को देशमा गएर बस्ने अपराधीका बारेमा सूचना आदानप्रदान गर्ने, अवैध हातहतियारको कारोबारलाई नियन्त्रण र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मीले सूचना आदानप्रदान गर्ने सहमति भएको बिओपी हरिपुरका इन्चार्ज सुरेन्द्र बहादुर भण्डारीले बताएका छन् । बैठकमा बोल्दै सशस्त्र प्रहरी सुनसरीका एसपी सुरेशकुमार श्रेष्ठले नेपाल र भारत दुई पक्षको सुरक्षाकर्मीको सहकार्यले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण हुने विश्वास व्यक्त गरेका थिए । सोही बैठकमा बोल्दै सुनसरी प्रहरी उपरीक्षक राजन अधिकारीले नेपाल र भारतका सुरक्षाकर्मी सिमा क्षेत्रमा हुने अपराधिक गतिविधि लाई रोक्न सहकार्य गरेर जानुपर्नेमा जोड दिएका थिए ।

बैठकमा नेपालका तर्फबाट सुनसरीका प्रहरी प्रमुख राजन अधिकारी,सशस्त्र प्रहरीका प्रमुख सुरेशकुमार श्रेष्ठ, अनुसन्धानका प्रमुख टीकाबहादुर पोखरेल,बिओपी हरिपुरका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर भण्डारी,बिओपी श्रीपुरका सशस्त्र प्रहरी निरीक्षक निरन थापा,बिओपी लौकहीका सशस्त्र प्रहरी निरीक्षक आनबहादुर गुरुङ,सशस्त्र प्रहरी नायब निरीक्षक सिंहमान जिमि,सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक दिपक पोखरेल,कोशी ब्यारेज प्रहरी इन्चार्ज सुन्दर कठैत,ट्राफिक प्रहरी भाण्टावारीका असय गणेश श्रेष्ठ,सशस्त्र प्रहरी भाण्टावारीका असय रामकुमार राउतको सहभागिता रहेको थियो भने भारतका तर्फबाट एसएसबी ४५ औं वटालियन बीरपुरका कमाण्डर मनोज सुनोल,सुपौल जिल्ला एसएसबी रामानन्द कुमार कुशल,ओकुल्ला सिंह सहित एसएसबी र बिहार पुलिसका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved