देशकै नमुना नगर, जहाँ १५ वटा शिर्षकमा कर नै लाग्दैन !

  • प्रकाशित मितिः भदौ ४, २०७५
  • 1501 पटक पढिएको
  • समय अनलाइन

सुन्दरहरैचा । देशभर बृद्धि भएको करको बिरोध भईरहेका बेला मोरङको सुन्दरहरैचा नगरपालिकाले भने १५ वटा शिर्षकमा कर निशुल्क गरेर वाहवाही कमाउन सफल भएको छ ।

सुन्दरहरैचा बिकासको बगैँचा भन्ने मुल नाराका साथ अघि बढेको नगरपालिकाले फेरी एउटा सकरात्मक र उदाहरणीय काम गरेको छ । स्थानीय निकायको यो कामप्रति नगरबासीहरु समेत हर्षित बनेका छन ।

 

नगरपालिकाले पञ्चेबाजा दर्ता,अपांगता भएका ब्यत्तिहरुको सिफारिस,जन्मदर्ता,मृत्युदर्ता,बसाईसराई दर्ता,बिवाह दर्ता,सम्बन्ध बिच्छेद दर्ता,बैदेशिक रोजगारीमा मृत्यु भएका ब्यत्तिको सिफारिस,घर टहरामा आगलागी भएको सिफारिस,अल्पसंख्यक दलित,गरिब र पिछडाबर्गको लागी नागरिकता सिफारिस,सबै प्रकारका अनुसुचि फारम,पुर्णत कृषिमा आधारित सहकारी,शवबाहन नगरभरि,दमकलको सेवा देशभर,ईन्टरनेट लगायतका शेवा निशुल्क गरेको छ ।

यसैगरी महिलाको नाममा दर्ता भएको ब्यबसायमा २० प्रतिशत,बिद्यार्थीका लागी गरिने सबै सिफारिस ५० प्रतिशत र २५ लाख सम्मको उद्योग सिफारिसका लागी ५० प्रतिशत छुट गरिएको नगरप्रमुख शिवप्रसाद ढकालले जानकारी दिएका छन ।

नगरको विभिन्न ८ स्थानमा सुविधासम्पन्न तथा नेपालकै नमुना ९ करोडको पुस्तकालय सहितको सार्वजनिक शौचालय धमाधम निर्माण हुने क्रममा रहेको छ । नेपालकै पहिलो ‘वाकिङ स्ट्रीट’ निर्माणधिन छ ।सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरुलाई पोषण भत्ताको व्यवस्था गरिएको छ । पर्यटकीय क्षेत्र हसिना सिमसारको स्तरोन्नति तथा सिसिटिभी जडान गरीएको छ । राष्ट्रपति चुरे संरक्षण अन्तर्गत वासुकी पोखरी निर्माण साथै भुल्के जलाधार क्षेत्रको विकास र कालीखोलामा पूर्वाधार निर्माणमा ध्यान दिइएको छ ।


धार्मिक आस्था तथा सद्भाव कायम गर्न ३ ओटा गुम्बा, २ ओटा मस्जिद, ७ ओटा ग्रामथान लगायतको निर्माण भएको छ । सडक अतिक्रमण अन्तर्गत ८२ फीट कायम गरेका गरिएको छ । खोला तटबन्धन साथै कृषिबाँध, कुलोपैनीमा २० ओटा बढीलाई अनुदान सुविधा प्रदान गरिएको छ । बाढीपीडितहरुलाई राहत सामग्री वितरण, हात्ती नियन्त्रणमा केही मात्रामा पहल समेत भएको छ ।

फोक्लिङ टापुमा फैलिएको महामारीको नियन्त्रण गरी जाडोमा न्यानो कपडा वितरण गरीएको छ । बाटोघाटोको निर्माणलाई पहिलो प्राथमिकता दिएर २० कि.मी. कालोपत्रे, ५० कि.मी. ग्राभेल तथा ७० कि.मी. ड्रेनको निर्माण गरेर प्रत्येक वडाहरुमा अवसरबाट वञ्चित महिलाहरुलाई आत्मनिर्भर बनाउने तालिम लगायका कार्यक्रम सञ्चालन भएको सुन्दरहरैंचा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्य बताउँछन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved