गृहिणीलाई आवश्यक छ केही स्पेस, यसरी हुनेछ घरको माहौल रमाइलो

  • प्रकाशित मितिः भदौ ४, २०७५
  • 1237 पटक पढिएको
  • समय अनलाइन

घरभान्सामा काम गर्नेलाई हामी गृहणी भन्छौं । पितृसतात्मक सोंच र आवरणमा हामी महिलाईं गृहणीको जिम्मेवारी सुम्पन्छौं । अर्थात भात-भान्सा तयार गर्ने, छोराछोरीलाई ख्वाउने, जुठो भाँडाबर्तन माझ्ने, घर सफा गर्ने, सागसब्जीको व्यवस्था गर्ने, लुगाफाटो मिलाउने सबै काम उनीहरुलाई दिन्छौं । यी सबै काम एक गृहणीले चुपचाप गरिरहेका हुन्छन् । तैपनि हामी भन्छौं, ‘मैले श्रीमति पालेको छु ।’

जबसम्म पुरुषमा यस्तो दम्भ र भ्रम मेटिदैन, तबसम्म घर-गृहस्थीमा सुख भित्रिदैन । घरमा सुख तब भित्रिन्छ, जब गृहणीको रुपमा महिलालाई मात्र खुम्चाइदैन । भात-भान्साको काममा सबैले सराबरी सहभागिता जनाउँछौ भने मात्र घर सुखमय हुन्छ ।

गृहणीः परिवारको मियो

गृहिणी पुरै परिवारको मियो हुन् । तर, उनीहरुले गरेको काम हामीलाई काम लाग्दैन । त्यसलाई रत्तिभर महत्व दिदैनौं । सानोतिनो झै-झमेला व्यवस्थापन गर्न उनीहरुलाई कति सास्ती छ भनेर बुझ्दैनौं । गृहिणीहरु आफ्नो परवाह नगरि पति, सासुससुरा र बच्चाहरुको रेखदेखमा लागि रहन्छन् । बिहानदेखि बेलुका सम्म मेसिनले जस्तै घरको सारा काम सक्ने र सबैको ध्यान राख्ने गृहिणीको लागि आफ्नो लागि भने समय धेरै कम हुन्छ ।

गृहिणीहरुलाई थोरै समय निकालेर आफूलाई मनपरेको काम गर्ने फुर्सद कहिल्यै हुँदैन ।

सारा परिवारको अपेक्षाहरु पुरा गर्दागर्दै उनीहरुको सारा जिन्दगी बित्छ । यस्तै उनीहरुले आफ्नो मनोमानी गर्न थालेमा भने घरका अरुलाई यो कुरा मनपर्दैन ।

के उनीहरुको आफ्नो कुनै इच्छा र आकांक्षा हुँदैन ? अरु सबैको लागि जिउने उनीहरुलाई थोरै समय पनि आफ्नो लागि जिउने हक हुँदैन ?

पतिको एकाधिकार

अफिसबाट घर आउँदा आफ्नी पत्नीले सबैकुराको ख्याल राखुन् भन्ने हरेक पतिको चाहना हुन्छ तर, उनीहरुलाई पत्नीले घरका अन्य सदस्यहरुको पनि हेरचार गर्नुपर्छ भन्ने कुराको मतलब हुँदैन ।

उनीहरु आफ्नो पत्नीको समस्या बुझ्न नै चाँहदैनन । आफुले गर्न सक्ने ससाना काम पनि पत्नीले नै गरिदेओस् भन्ने चाहन्छन् । यस्तोमा पत्नीले, ‘मेरो पनि अरु धेरै काम छ, म थाकेको हुन्छु, मेरो पनि केही रहर र इच्छाहरु छन्’ भनेर भनिन् भने उनीहरु पत्नीसँग रिसाउन थाल्छन् । यहि सानो कुराले पतिपत्नी बीचमा झगडा सुरु हुन्छ ।

बच्चाको मनोमानी

बच्चाहरुको स्याहार र उनीहरुले भनेका हरेक कुराहरु पुरा गर्दा गर्दै आमा थाकिसकेकी हुन्छिन् । बच्चालाई खाना खुवाउने, उनीहरुको कपडा धोइदिने, नुहाइदिने, स्कूलको लागि तयार गरिदिने र पढ्न र होमवर्कको लागि सघाउने सबै काम आमाले नै गर्नपर्छ ।

जब पति र बच्चा घरमा हुन्छन् गृहिणीहरुलाई फुर्सद नै हुँदैन । गृहिणीको कुरा कसैले सुन्दैनन् । गृहिणीले आफ्नो पति र बच्चाहरुको लागि सबै खुसी त्यागिदिन्छिन् ।

जस्तैः कुनै गृहिणीलाई घरमा काम गर्दा पुराना लोकगीत सुनेर काम गर्न मन लाग्छ तर, बच्चाहरुलाई लोकगीत मन पर्दैन र उनीहरुले गीत बन्द गरिदिन्छन् । उनको मन दुख्छ तर, आफ्नो बच्चाको खुसीको लागि उनी केही भन्न सक्दिनन् ।

यस्तोमा पति र बच्चा घरमा नभएको बेलामा गृहिणीले आफूलाई मनपर्ने गीत सुन्ने र मनपर्ने काम गर्छिन् ।

बच्चाको पढाई

अहिले प्रतिस्पर्धाको जमाना छ । सबै अभिभावकले आफ्नो बच्चालाई अरु भन्दा अगाडि देख्न चाहन्छन् । यस्तोमा बच्चाको पढाई राम्रो बनाउने जिम्मा पनि गृहिणीकै वा आमाकै काँधमा हुन्छ ।

बच्चाको राम्रो वा खराब नतिजा दुवैमा गृहिणीलाई जिम्मेवार मानिन्छ । त्यसैले गृहिणीलाई बच्चाको पढाईमा ध्यान दिनुपर्ने र उनीहरुलाई होमवर्क गराउने पढाउने काम गर्नुपर्छ ।

अझै विशेष गरि परिक्षाको समयमा त गृहिणीलाई उनको आफ्नै परिक्षा चलिरहेको जस्तो लाग्छ र परिक्षामा बच्चालाई अब्बल स्थानमा ल्याउन दबाब उनीमा हुन्छ । यी दिनहरुमा गृहिणी नै सबैभन्दा धेरै बन्धनमा परेका हुन्छन् ।

परिवारको स्वास्थ्य

यदि बच्चा बिरामी भए भने यसलाई गृहिणीकै गल्ती मानिन्छ र उनीहरुले ध्यान दिएनन् भनिन्छ । त्यस्तै गृहिणीहरुले सासुससुराको पनि ख्याल राख्नुपर्ने हुन्छ ।

त्यस्तै यदि उनले सँधै सादा खाना बनाइन भने कसैलाई पनि मन पर्दैन ।  यदि उनले कहिले केही विशेष परिकार बनाइन भने खानेबेलामा सबैले मिठो मानेर खान्छ । तर, कसैको पेट अलि खराब भयो भने उनीहरुलाई यस्तो चिल्लो पिरो, मसालेदार परिकार बनाउने किन बनाएको भनेर समेत गालि गरिन्छ ।

एक त उनीहरुलाई बिहान देखि बेलुकासम्म सास फेर्ने पनि फुर्सद हुँदैन त्यसमाथि पनि सबैले उनैलाई अपजस दिन्छन् ।

आफ्नो लागि पनि जिउन चाहन्छन् गृहिणी

यदि पतिलाई आफ्नो साथीहरुसँग घुमफिर गर्ने र मोजमस्ती गर्ने हक छ र बच्चाहरुलाई पनि आफूलाई मनपरेको कुरा गर्ने स्वतन्त्रता छन भने गृहिणीलाई किन छैन ?

केही क्षणको लागि भने पनि उनीहरुलाई आफूलाई मनपर्ने कुरा गर्ने हक छ । उनीहरुलाई पनि स्पेस चाहिन्छ ।

त्यसैले आफ्नी पत्नीको समस्या पतिहरुले बुझ्नुपर्छ र उनीहरुलाई घरको काममा सघाउने मात्रै होइन केही समय निकालेर उनीहरुलाई मनपर्ने कुरा गर्ने छुट दिनुपर्छ । यसो भएमा घरको पारिवारिक वातावरण र दाम्पत्य जीवन सुखद हुन्छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved