जीवन फूँयाल / इटहरी- भोजपुरको पौवादुम्मा गाउँपालिकाको बैँक खाता सञ्चालन नभएको भन्दै स्थानीयले बिरोध गरेका छन्। सो गाउँपालिकामा बैँक स्थापना भएपनि गाउँपालिकाको योजनाको खाता सञ्चालनमा ढिलाई भएको भन्दै स्थानीयबासीले बिरोध गरेका हुन्।
पौवादुम्मा गाउँपालिका वडा नम्बर २ तिवारी भञ्ज्याङ्गमा नेपाल ईन्भेष्टमेन्ट बैँकको शाखा खुलेको भएपनि बिभिन्न योजनाहरुको लागि बैँक खाता नखुल्दा काम कारबाही अघि बढाउन समस्या भएको भन्दै स्थानीयले बैँक सरोकार समुह गठन गरेरै बिरोध जनाएका छन्।
आर्थिक बर्ष २०७४÷०७५मा बैँक खाता सञ्चालन नहुँदा समस्या भोग्नुपरेको भन्दै यो आर्थिक बर्षमा पनि गाउँपालिकाले खाता सञ्चालन गर्न आलटा गरेको भन्दै सो समुहले बिरोध गरेको छ।
समुहले बिज्ञप्ती जारी गर्दै खाता सञ्चालन गर्न तदारुकता नदेखाए बिभिन्न संघर्षका कार्यक्रमहरु गर्ने जानकारी गराउँदै वडा नम्बर २को गाउँपरिषद बहिष्कार गर्ने चेतावनी समेत दिएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved