विकासको नयाँ युगको शुरुआतः प्रधानमन्त्री ओली

  • प्रकाशित मितिः भदौ ७, २०७५
  • 1362 पटक पढिएको
  • समय अनलाइन

   दमक / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पुरानो युगको अन्त्य भई विकासको नयाँ युगको शुरुआत भएको बताउनुभएको छ ।

झापा गौरादहमा आयोजित नागरिक अभिनन्दन समारोहमा उहाँले भन्नुभयो, “पछौटेपनको युग अब अन्त्य भई विकासको नयाँ युगको शुभारम्भ भइसकेको छ । ”

  प्रधानमन्त्री ओलीले जनताले अब केही वर्षभित्रै विकासको नयाँ अनूभुति प्राप्त गर्ने बताउँदै सरकारले अघि सारेको समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत भएको धारणा व्यक्त गर्नुभयो । “सरकारको एक मात्र लक्ष्य विकास र समृद्धि हो”, उहाँले भन्नुभयो, “यस महान् अभियानमा सबै राजनीतिक दल र जनताको सकारात्मक सहभागिताको आवश्यकता छ ।”

        प्रधानमन्त्री ओलीले आफू राजनीतिक जोगी भएको चर्चा गर्दै “ अबको आफ्नो सबै समय देश र जनताका लागि लगानी गर्ने लक्ष्य लिएको छु भन्नुभयो ।” आफ्नो कार्यकालमै पूर्व पश्चिम र उत्तरदक्षिण रेल गुडाउने प्रतिवद्धता व्यक्त गर्दै उहाँले यसले छिट्टै आकार ग्रहण गर्ने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले शान्तिपूर्णरुपमा विरोध गर्न कसैलाई नरोक्ने तर अधिकारको प्रयोग गर्दा अरूको अधिकार हनन गर्न नहुनेतर्फ दलहरुको ध्यान जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

        कृषिमा आत्मनिर्भर बनाउन सरकारले थुप्रै योजना तथा कार्यक्रम सञ्चालनमा ल्याएको बताउँदै उहाँले सहकारीको माध्यमबाट कृषिलाई आधुनिकीकरण गरेर देशको विकास गर्न सकिन्छ भन्नुभयो । समारोहमा समृद्ध नेपालको परिकल्पनालाई सार्थक पु¥याउन सफलता मिलोस् भनी प्रधानमन्त्री ओलीलाई गौरादह नगरपालिकाले नगरवासीका तर्फबाट नागरिक अभिनन्दन गरिएको थियो ।

        गौरादह निवासी तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई समेत समारोहमा अभिनन्दन गरिएको थियो ।    अभिनन्दन समारोहमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, मन्त्रीहरु, प्रदेशसभा सदस्यलगायत सहभागिता थियो ।

–––

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved