इटहरी । इटहरी उपमहानगरपालिकाले जथाभावी रुपमा सडकमा राखिएका सामग्री तत्काल हटाउन सबैलाई निर्देशन दिएको छ ।
इटहरी उपमहानगरपालिका पुर्व पश्चीम राजमार्ग र उतर दक्षीण कोशी राजमार्गमा सडकमा राखिएका सामग्री तत्काल हटाउन निर्देशन गरेको हो ।
उपमहानगरपालिकाले सूचना निकालेर सडक क्षेत्रमा राखिएका निर्माण सामग्री , ठेला तथा घुम्ती व्यापारीक सामान तथा सडकमा रहेका छाडा चौपायाको कारण पैदलयात्रुलाई असुविधा भएको, शहरी सौन्दर्यमा असर परेको, व्यवस्थीत पार्कीङ्गलाई समस्या भएको भन्दै तत्काल हटाउन सबैलाई निर्देशन दिएको हो ।
निर्माण सामग्री तत्काल नहटाए कानुन बमोजीेम खाली गराइने उपमहानगरपालिकाले जनाएको छ ।
सप्तकेशी अनलाइनले सडकपेटीमा व्यापार सडकमा राखीएको निमार्ण सामाग्रीको विषयमा समाचार प्रमाशन गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved