किशोरीहरुलाई लक्षित गरी फिदिम नगरपालिकाले वितरण गर्यो स्यानीटरी प्याड

  • प्रकाशित मितिः भदौ ८, २०७५
  • 1071 पटक पढिएको
  • समय अनलाइन

पाँचथर / महिनावरी भएको समयमा समेत नियमित रुपमा किशोरीहरु विद्यालय जान सकुन् भन्ने उद्धेश्यले पाँचथरको फिदिम नगरपालिकाले नगर क्षेत्र भित्रका २० वटा विद्यालयहरुलाई स्यानीटरी प्याड वितरण गरेको छ । नरपालिकाले आज फिदिममा एक कार्यक्रमका वीच नगर क्षेत्रका १ हजार ७ सय विद्यार्थीहरुलाई स्यानीटरी प्याड वितरण गरेको हो । अहिले मावि तहका ८ कक्षा देखि १० कक्षा सम्मका किशोरीहरुलाई लक्षित गरेर उक्त स्यानीटरी प्याड वितरण गरिएको फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले बताउनुभयो ।

नगरपालिकाले गरेको यो कार्यक्रमले ती किशोरीहरुलाई विद्यालयमा समेत सहजता हुने र यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको नगरप्रमुख ओनाहाङ नेम्बाङले बताउनुभयो । कार्यक्रममा बोल्दै फिदिम नगरपालिका उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले अव पनि किशोरीहरु महिनावरी भएकै कारण विद्यालय बाटै छोडेर हिड्ने वाध्यत्मक परिस्थतीको अन्त्य हुने बताउनुभयो । कार्यक्रममा फिदिम नगरपालिकाका प्रशासकीय अधिकृत डम्बर बहादुर आङदेम्बे,नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना,फिदिम माविका प्रअ दुर्गाराज खत्री लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved