धरान । धरानस्थित बराह ज्वेलरी ईण्डष्ट्रिज प्रालिले २४ औं वार्षिकोत्सवको अवसरमा एक जना ग्राहकलाई जिक्सर मोटरसाईकल सहित ३ जना सर्वाधिक खरिदकर्तालाई गोल्डमेडल र ७ हजार भन्दा बढी ग्राहकहरुलाई पुरस्कार प्रदान गरेको छ ।
प्रालिको वार्षिकोत्सवको अवसरमा धरान स्थित लोकतान्त्रिक चौतारीमा आयोजना गरेको कार्यक्रममा धरान ११ का अनमोल याख्खाले १ सय ५० सिसिको जिक्सर मोटरसाईकल प्राप्त गरेका छन् । करिब १३ हजार ग्राहकहरुबाट गोलाप्रथाबाट याख्खाले जिक्सर मोटरसाईकल प्राप्त गरेका हुन् । प्रालिको ज्वेलरी अन्र्तगत सर्वाधिक खरिदकर्ता दमककी पार्वती लिम्बु, धरानकी देवी श्रेष्ठ र मधु श्रेष्ठलाई १ तोलाको गोल्डमेडल प्रदान गरिएको छ ।
त्यसैगरि १० हजार रुपैया देखि २० लाख रुपैया सम्मको बराह डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्ने ७ हजार २ ७४ जनालाई पुरस्कार प्रदान गरेको हो । बराहमा २०७४ साल भदौ देखि ७५ साल साउन अन्तिम सम्ममा १३ हजार ग्राहकहरुले सामान खरिद गरेका थिए । उनीहरुलाई खरिद रकमको आधारमा पुरस्कार प्रदान गरिएको छ । अघिल्लो वर्ष ४ हजार ग्राहक संख्या रहेको बराहमा १३ हजार ग्राहक संख्या पुगिसकेका छन् ।
त्यसै गरि ब्यापार व्यवसायमा प्रालिमा अभिभावकत्व प्रदान गर्ने अमर बहादुर लिम्बु, गंगा प्रसाद रेग्मी, सुमित्रा राई र सोममाया लिम्बुलाई पनि सम्मान गरेको छ । २४ वर्ष अघि सामान्य ज्वेलरी स्थापना गरेर व्यवसाय संचालन गरेको बराहले देश भरि ८ स्थान र विदेशमा ३ देशमा आफ्नो शाखा विस्तार गरेको छ ।
प्रालिले संचालन गरेका डिपार्टमेन्ट स्टोर, ज्वेलरी, ट्राभल्स एण्ड टुर्स, सहकारी, रेमिट्यान्स लगायतका सेवाहरुमा उत्कृष्ट कार्यसम्पादन गर्ने ५ जना कर्मचारीहरुलाई उत्कृष्ठ कर्मचारीको रुपमा १ तोलाको गोल्डमेडल सहित सम्मान पनि गरेको छ ।
विगत ४ वर्ष अघि देखि आर्थिक तथा धरानको विकाशमा कलम चलाएका ३ जना पत्रकारहरुलाई ईन्द्र बराह स्मृति पत्रकारिता पुरस्कार पनि प्रदान गरेको छ । अग्रज पत्रकार गिरिराज आचार्यलाई १५ हजार ५ सय ५५ रुपैया सहित ईन्द्र बराह स्मृत पत्रकारिता पुरस्कार र निलिफा सुब्बा र रणध्वोज लोहारलाई जनही ११ हजार १ सय ११ रुपैयाको ईन्द्र बराह स्मृती प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारी, बराहका अध्यक्ष शिव कुमार लामिछानेले पुरस्कृतहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
बराहले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८ सय पिन्ट रगत संकलन गरेको छ । धरानलाई रक्तदाताहरुको शहरको रुपमा परिचित गराउँदै आएको बराहले प्रत्येक वर्ष रक्तदान कार्यक्रम पनि गर्दै आएको छ । अघिल्लो वर्ष १२ सय रगत संकलन गर्न सफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved