यो हो दुनियाँकै महंगो वस्तु, एक ग्रामको मूल्य ५ सय खर्ब

  • प्रकाशित मितिः भदौ ८, २०७५
  • 1092 पटक पढिएको
  • समय अनलाइन

संसारको सबैभन्दा महंगो चिजको कुरा गर्दा सायद हीरा, प्लाटिनम आदि भन्नुहोला । तर यो दुनियाँमा हीरा तथा प्लाटिनमभन्दा कैयन गुणा धेरै महंगो एउटा वस्तु छ, जुन यति दुर्लभ हुन्छ कि एक ग्रामकै मूल्य सयौँ खर्ब रुपैयाँ पर्दछ ।

अर्थात् संसारको सबैभन्दा महंगो यो वस्तु एक ग्राम किन्नका लागि नेपालको झण्डै ३५ वर्षको कूल बजेट नै छुट्टाउनुपर्ने हुन्छ ।

एक ग्रामको झण्डै ५ सय खर्ब रुपैयाँ पर्ने दुनियाँकै सबैभन्दा महंगो यो वस्तुको नाम एन्टिम्याटर अर्थात् प्रतिपदार्थ हो ।

यतिधेरै महंगो वस्तु आखिर केमा प्रयोग होला ? साँच्ची भन्ने हो भने यो पृथ्वीमा यस वस्तुको कुनै काम छैन । तर अन्तरीक्षसँग सम्बन्धित जुनसुकै कामका लागि पनि यो प्रतिपदार्थ निकै महत्वपूर्ण तथा अमूल्य छ ।

वैज्ञानिकहरुका अनुसार ब्रम्हाण्डमा ब्लाक होलद्वारा ताराहरुलाई दुई टुक्रामा टुक्राउँदा प्रतिपदार्थ उत्पन्न हुन्छ ।

फ्रान्स र स्विजरल्याण्डको सिमा क्षेत्रमा रहेको सर्न ल्याबमा पहिलोपटक यो एन्टीम्याटरको उत्पादन गरिएको थियो ।

अन्तरीक्षयान तथा रकेटहरुमा प्रयोग गरिने इन्धनको उत्पादनमा यो प्रतिपदार्थको प्रयोग गरिन्छ । एन्टीम्याटर यस्तो विशेष खालको वस्तु हो जुन पोजिट्रोन, एन्टी प्रोटोन तथा एन्टी न्युट्रोन मिलेर बनेको हुन्छ ।

नासाले पनि एन्टीम्याटर विश्वको सबैभन्दा महंगो वस्तु रहेको पुष्टि गरिसकेको छ ।

यो वस्तु प्रयोगशालामा उत्पादन गर्न पनि निकै नै महंगो पर्दछ । एक मिलिग्राम एन्टीम्याटर उत्पादन गर्नका लागि झण्डै साढे २ अर्ब रुपैयाँ पर्दछ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved