सरकारी उपेक्षाका कारण केरा खेतीबाट विस्थापित हुन थाले किसान

  • प्रकाशित मितिः भदौ ८, २०७५
  • 1336 पटक पढिएको
  • समय अनलाइन

सप्तरी भदौ ८ गते– प्रदेश नम्वर–२ मै केरा खेतीको हब मानिने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका किसानहरु सरकारी उपेक्षाका कारण केरा खेतीबाट विस्थापित हुन थालेका छन् । रसायनिक मलखाद, प्राविधिक र किटनाशक औषधीको अभावका साथै उचित लागत अनुसारको बजार भाउ नपाउँदा केरा कृषकहरु निरुत्साहित हुन थालेका हुन् । कोशी नदीको बगर तथा आसपास क्षेत्रमा जिल्लाको भारदह, पोर्ताहा, मधवापुर, योगिनियाँ, हनुमाननगर, भलुवा लगायतका गाउँका किसानले करिब एक हजार बिघामा केरा खेती गर्दैआएका छन् । केरा खेती गरेरै प्रत्यक्ष रुपमा पाँच सय परिवारको गुजाराको माध्यम बनेको केरा खेतीका लागि सहज रुपमा मलखाद, किटनाशक औषधी, प्राविधिकको रेखदेख र उचित बजारभाउ समेत समेत नपाउँदा केरा खेतीबाट विस्थापित हुने अवस्था आएको केरा कृषक रामजनम यादवले दुःखेसो सुनाउनुभयो । शुरुमा केही किसानले थालेको केरा खेती अहिले सघन रुपमा हुँदै आए पनि सरकारी स्तरबाट आफुहरुले कुनै सुविधा नपाएको अर्का केरा कृषक सुधेश्वर रजकले बताउनुभयो । केरा हुर्काउन आफुहरुलाई निक्कै मेहनत गर्नुपरेको बताउँदै उहाँले भन्न’भयो ‘प्रदेश नम्वर २ को ब्राण्डको रुपमा भारदहको केरा खेतीलाई स्थापित गर्न सकिन्छ तर यसतर्फ हालसम्म कुनै पहल भएको छैन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved