लेटाङका मेयरद्वारा कालोपत्रे सडकको उद्घाटन

  • प्रकाशित मितिः भदौ १०, २०७५
  • 1408 पटक पढिएको
  • समय अनलाइन

मोरङको लेटाङ ८स्थित मंगलबारे बजारमा निर्माण सम्पन्न भएको कालोपत्रे सडकको उद्घाटन गरिएको छ। लेटाङ्ग नगरपालिकाका मेयर शंकर राईले सडकको उद्घाटन गर्नुभएको हो।

गत फागुण १३ गते निर्माण शुरु गरिएको सो सडक असार २५ गते नै निर्माण सम्पन्न भएको थियो। आर्थिक बर्ष अन्त्यको ब्यस्तता साथै बर्षायाम लगायत बिविध ब्यस्तताले शनिबार मात्रै सडकको औपचारिक उद्घाटन गरिएको निर्माण समितिका अध्यक्ष कुबेर प्रसाद पौडेलले जानकारी दिनुभयोे।

बजार परिसर र जाँते पथरी सडक खण्डको केही भागसहित गरि ७८०मिटर लम्बाईको सो सडक नगरपालिका र जनतासँगको संयुक्त लगानिमा निर्माण गरिएको हो। सडक निर्माणमा नगरले ७५लाख लगानी गरेको थियो भने स्थानीयको २४ लाख ६१ हजार ५८५ गरि ९९ लाख ६१ हजार ५८५ कुल लागत रहेको वडाध्यक्ष भिम पोख्रेलले जानकारी दिनुभयो।

तत्कालिन जाँते गाबिसलाई समेटेर लेटाङ नगरपालिका बनेको एकबर्ष नबित्दै निर्माण गरिएको सो कालोपत्रे सडक जाँतेकै पहिलो कालोपत्रे सडक रहेको र सडक निर्माण भएपछि बजारको मुहारै फेरीदिएको भन्दै स्थानीय यामनाथ सुवेदीले खुसी व्यक्त गर्नुभयो।

उहाँले यसअघि जाँते बजार घुम्न पुग्नेले फोहोर र हिलोकाकारण निकै दिक्क मान्ने गरेको भन्दै यसपटक भने बर्षायाममा स्थानीय शिवालय मन्दिर दर्शन गर्न पुग्ने दर्शनार्थीलगायत बजारका व्यापारीले समेत खुसी व्यक्त गरेका छन्।

यसैगरी पहिलो बजेट बाटै यति सडक निर्माण गरियो भने अबको बजेटबाट जाँतेका थुप्रै सडक कालोपत्रे हुने र त्यसका लागि योजना बनिरहेको नगर प्रमूख शंकर राईले बताउनुभयो। नगरप्रमुख राईले जाँते पथरी सडकको लागि तीन करोड रकम परिसकेको भएपनि त्यति रकमले मात्र सडक कालोपत्रे नहुने र त्यसका लागि प्रदेश देखि संघको समेत ध्यानाकर्षण गरिरहेको बताउनुभयो।सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर राईले करका केही दायरा बढेपनि कर भने अन्यत्र भन्दा लेटाङमा कमि नै रहेको र यदि कुनै बस्तुमा बढि रहेको छ भने त्यसलाई नगरले पुनर्बिचार गर्ने बताउनुभयो।

मेयर राईले नगरपालिकाले यसै आर्थिक बर्ष नगरका पदाधिकारीलगायत जनप्रतिनिधिहरुलाई गाडि खरिद गर्न छुट्याइएको करिव ६५लाख बजेटलाई नगरभित्रका गरिब जनताका घरमा छाईएका फुसको छाना हटाएर जस्तापाताको छाना लगाउन खर्चिने बताउनुभयो।

स्थानीय वडाकार्यालयको सभाहलमा औपचारिक कार्यक्रम सञ्चालन गरिएको भएपनि सडकको उद्घाटन भने सडकमै आएर सडकमा वारिपारी टाँगिएको रिवन काटेर उद्घाटन गरिएको थियो। कार्यक्रममा निर्माण समिति सचिव ओम प्रकाशले आयब्यय प्रस्तुत गर्नुभयो।

सडक निर्माण समितिका अध्यक्ष कुबेर प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर प्रमुख राईका अलावा उपमेयर कृष्ण कुमारी निरौला स्थानीय राजनितीक दलका प्रतिनिधि, बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको समेत उपस्थिति थियो।

कार्यक्रमका अतिथिहरुले सडकको स्थायीत्वको शुभकामना दिँदै निर्माण समितिलाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा सडक निर्माण समितिका सचिव ओम प्रकाश लिम्बूले स्वागत गरेको कार्यक्रमलाई स्थानीय पत्रकार प्रशान्तजंग निरौलाले सञ्चालन गर्नुभएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved