मालिका महिला हिंसा विरुद्ध को अभियान हो-रेखा थापा

  • प्रकाशित मितिः भदौ १९, २०७५
  • 1665 पटक पढिएको
  • समय अनलाइन

इटहरी / नायीका रेखा थापा यतीखेर तिहारमा रिलिज हुन लागेकोे चलचित्र ‘मालिकाको प्रचार प्रसारमा व्यस्त छिन । नेपाली चलचित्रमा रेखा थापा नायीका देखी निर्देशक सम्म बनिसकेकी छन । अभिनेत्री रेखा थापाद्वारा अभिनीत, निर्मित तथा निर्दे्शित फिल्म ‘मालिका’ तिहारमा रिलिज गर्ने तयारीको साथ प्रचार प्रसारमा जुटेकी छन । रामशरण उप्रेतीको छायांकन रहेको फिल्म मालिका यस वर्षको लक्ष्मीपूजामा रिलिज हुँदैछ । ‘मालिका’ मा रेखा थापा र जाजरकोटकी कमला वलीको मुख्य भूमिका रहेको छ । शिवम अधिकारीको लेखन पटकथा रहेको फिल्ममा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ । नर कार्की फिल्मका कार्यकारी निर्माता समेत हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् ।

नेपाली चलचित्र क्षेत्रमा रेखा थापालाई नचिन्ने प्राय भेटिदैनन् । नेपाली चलचित्र क्षेत्रको रेखाको नामै काफी छ । उनी कलाकार मात्र हुदा जती क्रेज थियो त्यसको दुई तिहाईले बढेको छ उनको क्रेज अहिले । उनी सफल नायीका हुदै सफल निर्देशक सम्म बनिसकेकी छन । हालैमात्र उनले निर्देशन गरेको चलचित्र ‘मालिका’ बालविबाह को विषमयमा निमार्ण गरीएको छ । रेखा थापाले पछिल्लो समय समाजिक विषयबस्तुमा चलचित्र निमार्ण गर्न थालेकी छन ।

अहिले देशमा महिला हिंसा, बलात्कार लगायतको घटना दिनानुदिन बढीरहेको छ । महिला हिंसा, बलात्कार लगायतको विक्रती विरुद्ध र छोरीको अधिकारको संरक्षणको अभियानको रुपमा मालीकालाई आफुले लिएको निर्देशक थापाले बताइन । अन्यायमा परेको समाज र वर्गलाई न्याय दिनु नै जीवनको सार्थकता हुन्छ भनेर समाजको बीचमा उभिएकी नायिका थापा आफुले निमार्ण गर्ने चलचित्रले कति कमाउछ भन्दा पनि समाजलाई के सन्देश दिन्छ र संख्यात्मक भन्दा पनि गुणात्मक कोणबाट कथाको मर्म बुझेर चलचित्र दृश्यावलन गर्नु पर्नेमा पछील्लो समय जोड दिदै आएकोले पनी उनको के्रज बढेदो क्रममा छ । त्यतीमात्र हैन सोसिएल मिडियामा पनी थापाको क्रेज बढ्दो छ ।, सोसिएल मिडियामा समेत उनको राम्रो उपस्थिती रहेको पाइन्छ ।

पछिल्लो समयमा लोकप्रियता जाँच्ने एउटा कसि बनेको छ सोसियल मिडिया। सोसियलमा मिडियामा पनि सबै भन्दा बढि चल्तिको फेसबुकमा हेर्दा नायीका रेखा थापाको लोकप्रियताको ग्राफ पत्ता लाग्छ। फेसबुक पेजमा सम्भवतः सबैभन्दा बढि लाइक पाउने नेपाली कलाकार हुन रेखा । फेसबुकमा रहेको उनको आधिकारिक पेजमा मात्रै ३२ लाख भन्दा बढिले लाइक गरेका छन्। उनका नाममा खोलिएका अनगिन्ति पेजमा पनि लाखौ लाईक छन् । फ्यान पेज बाहेक फेसबुकमा आफ्नो छुट्टै ‘अकाउन्ट’ पनि नियमित चलाउँछिन रेखा । रेखाले सन २००९ देखि फेसबुक चलाउन थालेकी हुन् । उनले समाजीक संजालको राम्रै सदुपयोग गर्दै आएकी छन ।

मालीकाको पहिलो र द्रोस्रो गित सामाजिक संजालमा भाइरलनै बनेको थियो । हाल मालीकाको हल्का माया के माया, गाढा लगाउने‘’ बोलको गीत म्यृजीकल्लीमा भाइरलनै बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved