पायल्स यसरी गर्न सकिन्छ समाधान

  • प्रकाशित मितिः भदौ १९, २०७५
  • 1564 पटक पढिएको
  • समय अनलाइन

काठमाडौँ । अझैपनि हाम्रो समाजमा गुप्त अंगहरुमा आउने समस्या वा रोगबारे खुलेर कुरा गर्ने या सुरुवाती चरणमै उपचार गरिहाल्ने संस्कार बसिसकेको छैन । यही सोच र हेलचेक्र्याइँका कारण सामान्य रोग लाग्दापनि धेरै मानिस बेलैमा उपचार नभएर गम्भीर प्रकृतिका रोगको सिकार हुनु परेको छ । यस्ता रोग मध्ये पायल्स पनि एक हो। पायल्स के कारणले हुन्छ रु समयमै यसको उपचार नभए कस्ता जटिलता आउन सक्छ रु मलद्धार विशेषज्ञ डाक्टर राजीव घिमिरेको यस्तो छ सुझाब।

पायल्स भनेको के हो रु दिशा सहज तरिकाले नहुनु वा लामो समसम्म कनिरहनु, दिशा पटक पटक आउँनु या दिशानै नआउँनु जसले गर्दा मलद्धारका नशाहरु सुनिन्छन् र यसले डल्लोको आकार लिन्छ यसलाईनै पायल्स भनिन्छ ।

यस्ता छन् पायल्स हुने कारण 

१) अस्वस्थ खानपान
२) तनाव
३) वंशाणुगत गुण
४) अत्याधिक धुम्रपान तथा मध्यपानको सेवन
५) अनिन्द्रा
६) पानी कम खाने
७) शारीरिक व्यायाम कम गर्ने

पायल्सका लक्षण 

१) कब्जियत हुने
२) मलद्धारमा मासुको डल्लो देखिने
३) मलद्धार चिलाउने
४) अलिपछि भएपछि पिचकरीले हाने जस्तो रगत देखिने

पायल्सका चरणहरु  

१) पहिलो चरणस् दिशा गर्दा अप्ठ्यारो हुने,पेट फुले जस्तो हुने, दिशा धुँदा हल्का मासुको डल्लो हातले भेट्ने ।
२) दोस्रो चरणस् दिशा गर्दा मासु हल्का बाहिर आउने तर पछि आफै जाने । कसैकसैमा दिशामा रगत आउँन पनि सक्छ ।
३) तेस्रो चरणस् मलद्धारको वरीपरी तीन ठाउँबाट मासुको डल्ला देखिन्छ । दिशा गरेर उठेपछि त्यो मासुका डल्लालाई ठेलेर भित्र पठाउनु पर्छ । रगत आउँछ।

४।चौथो चरण स् मासु बाहिर आएपछि घचाटेर पनि भित्र लान गाह्रो पर्छ । रगत आउँछ । दिशा गर्न धेरै अप्ठ्यारो पर्छ ।   गर्भवती महिलामा पायल्सको संभावना बढी हुन्छ । पायल्सबाट बच्ने उपाय स्वस्थ खाना खाने । हरियो सागपात, सिजन अनुसारका फलफुल खाने । माथिका कुनै पनि लक्षण देखिए तुरुन्त विशेषज्ञकोमा उपचार गराउने । पायल्सलाई सामान्य रुपमा हुँदैन । यसको बेलैमा उपचार नगरे छाला,पेट लगायत अन्य अंगमा विभिन्न रोग लाग्न सक्छ । पछि गएर क्यान्सरको सम्भावना प्रबल रहन्छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved