एसिया कप छनोटमा नेपालको यात्रा समाप्त

  • प्रकाशित मितिः भदौ १९, २०७५
  • 1024 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो अन्तिम खेलमा खराब नतिजासहित एसिया कप छनोटको यात्रा समाप्त गरेको छ । लिग चरणको अन्तिम खेलमा आज हङकङविरुद्ध फराकिलो जित निकाल्ने दबाबमा रहेको नेपाल खराब ब्याटिङका कारण ३ विकेटले पराजित हुन पुग्यो । 
मलेसियाको यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ दशमलव ५ ओभरमा ९५ रनमा अलआउट भएको थियो । हङकङको कसिलो बलिङमा पहिलो ओभरको दोस्रो बलमा नै नेपालका ओपनर सुवास खकुरेल खाता नै नखोली आउट भए । त्यसपछि क्रिजमा रहेका अनिल शाहलाई सघाउन आएका कप्तान पारस खड्का पनि १४ रनमा आउट भए ।
पारसपछि ब्याटिङमा आएका उपकप्तान ज्ञानेन्द्र मल्लले पनि उल्लेखनीय रन जोड्न सकेनन् । २६ बलको सामना गरेका ज्ञानेन्द्र १२ रनमा पभेलियन फर्किंदा ओपनर अनिल शाह १८ रन जोड्दै बाहिरिए । एसिया कप छनोटमा उत्कृष्ट खेलेका युवा खेलाडी दिपेन्द्रसिंह ऐरीले हङकङविरुद्ध दुई रनमात्र बनाउन सके । छैटौं स्थानमा ब्याटिङमा आएका सागर पुन ७ रनमा आउट भए । उनले ओमानविरुद्ध अर्धशतकिय पारी खेले पनि अन्य खेलमा त्यो प्रदर्शन फर्काउन सकेनन् । आरीफ शेखले १८ रन बनाउँदा वसन्त रेग्मी १५ रनमा अविजित रहे । सन्दीप लामिछानेले २ रन बनाए । सोमपाल कामीले खाता पनि खोल्न सकेनन् ।

नेपालको इनिङ्स सस्तैमा समेट्न हङकङका इशान खानले ४ विकेट लिँदा मोहम्मद अजिज खान र तानविर अफजलले २—२ विकेट लिए । ९६ रनको झिनो लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हङकङ ३२ दशमलव ३ ओभरमा लक्ष्य भेट्टाउन सफल भयो । नेपालका सन्दीप लामिछानेले ५ तथा सागर पुन र वसन्त रेग्मीले १ विकेट लिए पनि हार टार्न सकेनन् । प्रतियोगितामा नेपालले दुई खेलमा जित निकालेको थियो । मलेसियासँग १९ रन र सिंगापुरसँग ४ विकेटको जित निकालेको नेपाल ओमानसँग ७ विकेट र युएईसँग ७८ रनले पराजित भएको थियो ।
नेदरल्याण्ड्ससँग एकदिवसीय सिरिज खेलेर फर्किएको केही सातामै एसिया कप छनोट खेल्न गएको मलेसिया पुगेको नेपालका टप अर्डरका खेलाडी नचल्दा प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved