वर्षाले दिल्लीमा डुबान

  • प्रकाशित मितिः भदौ १९, २०७५
  • 1162 पटक पढिएको
  • समय अनलाइन

नयाँ दिल्ली – भारतको राजधानी दिल्लीमा परेको घनघोर वर्षाका कारण यहाँका केही भागमा डुबान हुँदा दिल्लीको यातायात लगायतका दैनिक जनजीवन कष्टकर बनेको छ।  

दिल्ली र वरपरका क्षेत्रमा विगत केही दिनदेखि व्यापक वर्षा भएको र यसका कारण राजधानी र वरपरका केही वस्ती डुबानमा परेका छन् । डुबानले खास गरी यातायात सेवालाई प्रभावित तुल्याएको छ । डुबानपछि नगरका अधिकारीले ढल निकासका लागि कमजोर संयन्त्र बनाएको भन्दै एक आपसमा आरोप प्रत्यारोप गरेका छन्।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले आगामी दुई दिनसम्म वर्षा भइरहने जनाएको छ । आइएमडीले हरियाणा, चण्डिगढ, दिल्ली र वरपरका क्षेत्रमा विशाल वर्षा हुने जनाएको छ । वर्षाको प्रभाव दुई दिनपछि बिस्तारै कम हुने विभागले जनाएको छ।

शनिबारको वर्षापछि यमुना बजारमा डुबान हुँदा करीब ३० जना अलपत्र परेको जनाइएको छ । उनीहरू यात्रा गरिरहेको बस सडकमा जम्मा भएको पानीका कारण बिग्रिएपछि उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेका थिए।

बस नदीमा खस्दा १२ को मृत्यु
त्यस्तै,  यात्रुबाहक बस नदीमा खस्दा भारतमा १२ जनाको मृत्यु भएको छ । उत्तराखण्ड प्रदेशमा सोमबार भएको सो दुर्घटनामा परी केही व्यक्ति घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

संवाददाताहरुका अनुसार दुर्घटनामा परेको सवारी साधन झन्डै एक सय मिटर माथिबाट नदीमा खसेको हो । दुर्घटनामा परेको सवारी साधनमा १५ यात्रु थिए । घाइते तीन जनालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । उनीहरूलाई स्थानीयको सहयोगमा घटनास्थलबाट उद्धार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved