झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या

  • प्रकाशित मितिः भदौ २६, २०७५
  • 1188 पटक पढिएको
  • समय अनलाइन

झापा – कमल गाउँपालिका–६ मंगलबारेका कपडा व्यवसायी ३८ वर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अनुसार हत्या गरेर फालिएको पौडेलको शव गौरीगञ्ज गाउँपालिका–६ बाह्रदसीका विनोद यादवको खेत नजिकै रहेको नालामा आज बिहान भेटिएको हो । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको छ । घटनास्थलमा उनको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल फोन र झोला फेला परेको छ ।

प्रहरीले हत्यामा संलग्न भएको आशंकामा गौरीगञ्जका सद्धाम हुसेनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सोमबार बेलुका मे ७ प १९०४ नम्बरको मोटरसाइकलमा पौडेल र उनकी श्रीमती पसलको उधारो रकम उठाउन गौरीगञ्ज बजार पुगेका थिए ।

करिब ६ बजे श्रीमतीलाई खाजा पसलमा छाडेर मोटरसाइकलमा सद्धाम हुसेनलाई सँगै लिएर उधारो रकम उठाउन गएका थिए । सद्धामसँग ९० हजार रुपैयाँ उठाउनु रहेकाले गौरीजञ्ज गएको पौडेलकी श्रीमतीले प्रहरीलाई बताएको प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

सद्धामसँग गएका पौडेल राति अबेरसम्म नफर्किएपछि उनी अपहरण परेको भनी श्रीमतीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जानकारी गराएका थिए । अपहरणमा परेको सूचना पाएलगतै प्रहरीले उनको रातभर खोजतलास गरेका थिए । उनको शव हत्या गरिएको अवस्थामा मंगलबार बिहान मात्र फेला परेको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved