प्रदेश नम्वर १ मा एक बर्षमै ११ सय १७ जनाद्धारा आत्महत्या

  • प्रकाशित मितिः भदौ २७, २०७५
  • 1450 पटक पढिएको
  • समय अनलाइन

प्रहलाद दाहाल
इटहरी भदौ २६ गते– प्रदेश नं १ मा एक बर्षमा ११ सय १७ जनाले आत्महत्या गरेका छन । गत आर्थिक बर्षमा आत्महत्या गर्ने मध्ये ५ सय ९३ जना पुरुष , चार सय ५४ जना महिला छन । २१ जना बालक र ४२ जना बालिकाले आत्महत्या गरेका छन । यो तथ्याँक हेर्दा प्रदेश नम्वर १ मा आत्महत्याको समस्या विकराल वन्दै गएको छ । एक नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेश नम्वर एकमा प्रत्येक बर्ष आत्महत्या गर्नेहरुको संख्या वढदै गएको छ । आर्थिक बर्ष ०७२÷७३ मा ९ सय ९८ जनाले आत्महत्या गरेका थिए । ०७३÷७४ मा यो संख्या वढेर ११ सय २९ पुग्यो । अघिल्लो आर्थिक बर्षमा ११सय १७ जनाले आत्महत्या गरे ।
प्रदेश नं १ प्रहरी प्रवक्ता एसपी आभुषण तिम्सीनाका अनुसार अनुसार आत्महत्या गर्ने बयस्कहरुमा महिला भन्दा पुरुषको संख्या बढि छ । प्रहरीमा दर्ता भएका १८ बर्र्ष मुुनिका बालबालीकाको तथ्याङ्कले भने बालक भन्दा वालिकाले वढि आत्महत्या गरेको देखाउछ ।
आर्थिक बर्ष ०७२÷७३ मा ५ सय ११ जना पुरुषले आत्महत्या गर्दा ४ सय ३८ जना महिला, १८ जना बालक र ३१ जना बालिकाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । आर्थिक बर्ष ०७३÷७४ मा ५ सय ५८ जना पुरुषले आत्महत्या गरे । त्यो बर्ष ५सय १७ जना महिला, २४ जना बालक र ३० जना बालिकाले आत्महत्या गरेका थिए । चालु आर्थिक बर्षको साउन महिनामा मात्र .प्रदेश नम्वर १ मा ८७ जनाले आत्महत्या गरेका छन । ती मध्ये ४९ जना पुरुष, ३५ जना महिला र ३ जना बालक छन् । प्रहरीका अनुसार आत्महत्या गर्दा झुण्डीएर आत्महत्या गर्नेहरुको संख्या अधिक छ । त्यस पछि भने आत्महत्याका लागि बिष सेवन गर्नेको संख्या धेरै छ ।
गत आर्थिक वर्षमा मात्र ५ सय ८ जना पुरुष र ३ सय ७० जना महिला गरी कुल ८ सय ७८ जना बयस्कले झुण्डियर आत्महत्या गरेका   थिए । सो विधिबाट १७ बालक र ३२ बालिकाले समेत आप्mनो ज्यान गुमाए । त्यहि अवधिमा बिष सेवन गरेर भने १ सय ५९ जना बयस्क र १४ जना बालबालीकाले ज्यान गुमाए ।आव ०७२÷७३ मा ७ सय ७६ बयस्क र ४४ बालबालीकाले झुण्डिएर ज्यान गुमाउँदा १ सय ५६ जना बयस्क र ४ जना बालबालीकाले बिष सेवन गरी आप्mनो इहलिला समाप्त गरे । त्यसैगरी आव ०७३÷७४ मा कुल १ सय ५४ जनाले बिष सेवन गर्दा र ९ सय ४२ जनाले झुण्डिएर आप्mनो ज्यान लिएको प्र्रहरीको तथ्यांले देखाएको छ । चालुु आर्थिक बर्षको साउन महिनामा मात्र झुण्डिएर ७३ र बिष सेवन गरेर १४ जनाले आत्महत्या गरेका छन् ।
प्रदेश नम्वर १ को झापा जिल्लामा आत्महत्याको घटना वढि हुने गरेको प्रदेश प्रहरीले जानकारी दिएको छ । प्रदेश प्रहरीको सुचना शाखाले दिएको तथ्याङ्क अनुसार झापामा गत आर्थिक वर्षमा २सय २१जनाले आत्महत्या गरे । महिलाको तुलनामा पुुरुषको आत्महत्या दर अधिक देखिएको कुरालार्ई भने मनोविदहरु फरक तरीकाले ब्याख्या गर्दछन् । उनीहरुका अनुसार आत्महत्याको प्रयास बढि महिलाले गर्छन् तर आत्महत्या नै चाँही बढी पुरुषको हुन्छ । वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक स्वास्थ्य विभागका प्राध्यापक डा धनरत्न शाक्यका अनुसार मानिस जैविक,सामाजिक, र मनौवैज्ञानीक कारणले गर्दा आत्महत्या गर्न प्रेरित हुन्छन् । यी तीन कारणको जटिल अन्तक्रियाले मनको क्षमता घट््ने र आबेग उत्पन्नहुने हुँदा चेतना गुमाई आत्महत्या लाई रोेज्ने गर्छन ।
अर्का मनोविद बासु आचार्यका अनुसार दम्भ, अहमवाद, भागदौड, आत्मग्लानी लगायत कारणले मस्तिष्कमाहुने रसायनीक गडबडीले चेतना गुमाउने हुँदा मानिस आत्महत्याका लागि उत्प्रेरीत हुन्छन् । बढ्दो आत्महत्याको घटनालाई कम गर्न व्यक्ति स्वयम्, घरपरिवार, साथीभाई, स्वास्थ्यकर्मि, सञ्चारमाध्य र सिङ्गो राज्यको समान दायित्वहुने मनोचिकित्सक तथा मनोविदहरुको भनाई छ । मनोविद आचार्यका अनुसार यो व्यक्ति विशेष फरक प्रकृतिको विषय भएकोले पहिलेत ब्यक्ति स्वयम सचेत हुनु पर्ने हुन्छ, र यसको मूल कारण पत्ता लगाउनुपर्ने हुन्छ । योग तथा आयुर्वेदाका विशेषज्ञ डा विनोद घिमिरे आत्महत्या जस्तो कुरालाई नियन्त्रण गर्न मानिसले तनावलाई हटाउनु पर्नेमा जोड दिनुहुन्छ । नियमित ध्यान र ब्यायाम गर्न सक्ने तनाव कम हुने उहाँको सल्लाह छ ।
प्रा डा धनरत्न साक्य भने ब्यक्तिको ब्यवहार वदलिएको वैलैमा ख्याल गरी विशेष उपचार गर्नु पर्ने सुझाउनुहुन्छ । वि एण्ड सी अस्पताल झापाका मनोचिकित्सक डा. सन्दर्व अधिकारी मर्ने धम्कि दिने,आफूलाई चोट पुरयाउने,मर्ने चाहना भएको कुरा गर्ने,कसरी मर्ने भनेर तरिका खोज्ने गरेको लक्षण देखिए परिवारका सदस्यले मनोचिकित्सक सँग परामर्शका लागि लगिहाल्नुपर्ने वताउनुहुन्छ । यहि समाजमा एकवारको जुनी वचाउनका लागि ब्यक्तिले औषधीमुलोमा करोडौ खर्च गर्छन । कतिपय भने आफनो सुन्दर जीवन आफै समाप्त पार्ने उपाय खोजिरहेका भेटिन्छन । समाधान विनाको कुनै समस्या हुदैन । त्यसैले आत्महत्याको कारण पत्तालगाई उपचार गरि कैयौले मृत्यूको मुखमै पुगेको जीवनलाई सुन्दर वनाएका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved