मोदिको महिमागान भइरहेकै हो त ?

  • प्रकाशित मितिः भदौ २७, २०७५
  • 1157 पटक पढिएको
  • समय अनलाइन

दिल्ली – अत्यन्त सामान्यीकरण तथा मनपर्ने वा नपर्नेको अधिकतामा प्रायः सूक्ष्म तथा विषमरखीय वास्तविकता लुकेको हुन्छ । सामुन्नेमै भएता पनि देखिँदैन । मेरा प्रिय लेखक शिव विश्वनाथनको लेखमाथि पनि त्यस्तै भयो । दुभाग्र्य नै मान्नु पर्छ।

मोदी तथा मिडियामाथि विश्वनाथको एक रेखीय, सपाट मूल्यांकनको सबैभन्दा ठूलो कमजोरी के रह्यो भने उनले भारतीय मिडियालाई एकै र एकीकृत गरेर मूल्यांकन गरे । तीनले भारतीय मिडियाको विपुल विविधतालाई महसुस गर्न सकेनन्।

उनी भारतीय मिडियालाई यस्तो ठोस चिज मानेर अघि बढिरहेका छन् कि जसको सारा अवयव एकै जस्तो छापिइरहेको छ, देखिइरहेको छ । केबल दिल्लीका पत्रिका तथा च्यानल पढ्नु तथा हेर्नुको यो संकुचन अरु धेरैलाई पनि भएको हुन सक्छ । तिनबाट हामी यो एकांगीपन अपेक्षा गर्न सक्दैनौं । तर, साँच्नै नै सबै मिडियामा निरापदरुपमा मोदी महिमाको यस्तो निरुपण भइरहेको छ त ?

मिडियामा मोदी
अंग्रेजी माध्यमको सबैभन्दा प्रतिष्ठित तथा ठूलो पत्रिका टाइम्स अफ इन्डियाबाहेक हिन्दुस्थान टाइम्स, इन्डिएन एक्सप्रेस, द हिन्दू, द टेलिग्राफले सही मुद्दामा मोदीको खरो आलोचना गर्छन् । टेलिग्राफ तथा एक्कप्रेस त प्रायः ‘जस्तालाई तस्तै’ को भावमा प्रस्तुत हुन्छन् । टेलिग्राफ त कतिपय अवस्थामा आलोचनाबाट अघि बढेर विरोध पत्रकारिताको अतिवादसम्म पुग्छ।

हिन्दी माध्यमको पत्रिकामध्ये जागरणबाहेक अमर उजाला, दैनिक हिन्दूस्थान, राजस्थान पत्रिका, प्रभात खबर, भाष्कर धेरै हदमा सन्तुलित रहन्छन् । मोदीको महिमामण्डन गर्दैनन् । राजस्थान पत्रिका त ‘ताल ठोकेरै’ मोदी–भाजपा–वसुन्धराको आलोचना गरिरहेको छ।

केही च्यानल निर्लज्जताको हदमा मोदी भक्ति तथा विरोधमा जुट्ने गरेका छन् । यस धूनमा हिन्दी अंग्रेजी दुवै मिडिया सामेल छन् । तर दुवै भाषाका केही मिडिया अत्यन्त तटस्थ पनि छन् । एकातिर राष्ट्रवादी नदी बग्छ भने अर्कोतर्फ विशुद्ध विरोधको प्रवाह हुन्छ । यी दुई अतिवादबाहेक बीचका धारका मिडिया पनि छन्।

क्षेत्रीय मिडियाको हाल
बितेका केही वर्षमा आफ्नो एउटा छुट्टै स्थान बनाउन सफल भएको अनलाइन समाचार–विचारमञ्चमा प्रधानता मोदी–भाजपा विरोधी स्वरको नै छ । अंग्रेजीमा विरोधको स्वर त झन् तिखो छ।

विरोधका ती स्वरलाई मत्थर पार्न केही राष्ट्रवादी मञ्च पनि उदाएका छन् तर तिनको प्रभावकारिता कम छ । अनलाइन मञ्च खरोपन, मौलिकता, निडर, विविधता तथा बौद्धिकतामा कतिपय अवस्थामा प्रिन्ट संस्करणभन्दा अघि देखिएका छन्।

तर यी सबै मुख्यतः राजधानी दिल्ली वा केही प्रमुख सहरबाट प्रकाशित हुने मिडियाका कुरा हुन् । त्यो पनि हिन्दी तथा अंग्रेजी माध्यमका मिडिया मात्र । तर सबै राज्यमा व्यापक रुपमा प्रचारप्रसार हुने मिडिया त दर्जनौं भाषामा छन् । आफ्नो दिल्ली केन्द्रित दृष्टिका कारण हाम्रो ध्यान ती मिडियामा लगभग जाँदैन । क्षेत्रीय मिडियाको सम्पादकीय भूमिका तथा व्यवहार प्रायः प्रदेश सरकारको विरोधमा नगई तिसँग मिलेरै जाने हुन्छ।

अपवाद सबै स्थानमा हुन्छ नै । केन्द्र सरकार, केन्द्रीय सत्तारुढ दल तबसम्म उनीहरुको लागि द्वय दर्जाको महत्व राख्छन् जबसम्म उनीहरुको आप्mनो प्रदेशसँग सम्बन्धित मुद्दा हुँदैन । बीसभन्दा बढी राज्यमा भाजपा–एनडिए सरकार छ । त्यसैले त्यहाँका मिडिया त्यँहाको वास्तिविकतालाई प्रतिबिम्बित गर्छन् । केन्द्र–राज्य दुवै ठाउँमा एउटै पार्टी हुनु तिनका मुख्यमन्त्री–मोदी–भाजपा–एनडिए समीकरणबाट प्रभावित हुनु लगभग अनिवार्य जस्तै छ।

यो स्थिति कुनै पनि लोकतन्त्रको लागि आदर्शको अवस्था होइन । तर भारतीय मिडियाको धरातलीय वास्तविकता लामो समयदेखि यही नै रहेको छ ।आफ्नो जमानामा कांग्रेसले यसको फाइदा उठाइरहेको थियो भने अहिले भाजपाले।

जहाँ भाजपा सरकार छैन
यसको अर्थ के हो भने बंगालमा ममता वनर्जीको उग्र रवैया, तेलेंगनामा केसिआर, आन्ध्र प्रदेशमा चन्द्रबाबु नायडु, तामिलनाडु, कर्नाटक, केरल, पञ्जाब आदि क्षेत्रमा ‘मोदीको आशीर्वाद’मा बसेको आरोप त्यहाँका बहुसंख्यक मिडियालाई लाग्ने छैन।

ती मिडियाको रवैया सत्तारुढ दल वा मुख्यमन्त्रीको मनासिव रहने गरेको छ । जब बिहारमा नीतिश कुमार भाजपा विरोधी गठवन्धनमा रहेर सरकार चलाइरहेका थिए त्यस समय पनि मिडियालाई नियन्त्रणमा राख्न खोजेको आरोप उनलाई लागेको थियो । आज त्यही दबाब तथा नियन्त्रण एनडिएको पक्षमा देखिएको छ।

बंगालमा पनि केही अपवादबाहेक अवस्था उस्तैउस्तै छ । तर यस बृहत् क्षेत्रीय मेडियाका सम्पादकीय रवैया तथा भूमिकाको हामीलाई सही रुपमा जानकारी नहुँदा हाम्रो विचार, विश्लेषणबाट पनि यो विशाल विविधता अनुपस्थित रहेको हुन्छ।

मनमोहन सिंहको दश वर्षको कार्यकालमा मिडिया मनमोहन सिंह वा कांग्रेसभक्तिमा यस्तरी लागेको थिएन जसरी आज मोदीको भक्तिमा लागेको छ । तर के स्मरणमा राख्नुपर्छ भने मनमोहन सिंहको दश वर्षे कार्यकालमा राहुल गान्धीलाई भारत तथा कांग्रेसको प्रखर राजनीतिक नायक, उद्धारकका रुपमा स्थापित गर्ने जबर्जस्त प्रयास भएको थियो।

के पनि स्मरण गर्नुपर्छ भने ती दिनमा गुजरातका मुख्यमन्त्री मोदीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हत्यारा तथा साम्प्रदायिक देखाउने अभियानमा देशका मुख्य मिडिया गजबसँग लागि परेका थिए । के कुनै मुख्यमन्त्री वा भारतीय राजनीतिज्ञलाई मोदीलाई जत्तिकै निरन्तर रुपमा सघन विरोध तथा चरित्रहत्याको शृंखला झेल्नु परेको थियो ? थिएन । त्यसो हो भने मोदीको पक्षमा मिडिया कसरी जुट्यो त ?

जसरी उनको चरित्रहत्या भयो त्यही गतिमा उनको जनसमर्थर रह्यो र एउटा आँधी जसरी उठेर उनी प्रधानमन्त्री भए । तसर्थ मोदीलाई मिडियाले बनाएको हो भन्नु एउटा ठट्टा मात्र हो । मिडियाको अधिकांश अंश तबदेखि मोदीको पक्षमा लाग्यो जब अपार जनसमर्थनको लहर उनको पक्षमा देखियो।

यो लहर मोदी तथा अमित शाहको रणनीति, चुनावी तयारी, विराट संसाधन तथा प्राविधिको यस अघि नदेखिएको व्यापक प्रयोग र सबभन्दा बढी त मोदीको आप्mनो ऊर्जावान् व्यक्तित्व, मौलिक वक्तृत्व सीप तथा सपना देखाउन सक्ने कलासँगै विससित भएको थियो । मिडियो यो प्रवाहमा पछि मात्र मिसिन आएको हो।

शिव विश्वनाथन भन्छन्, ‘दुई दशक पहिला मोदी पूर्ण रुपमा एक अफवाह थिए । यो अद्भूत स्थापना हो । सत्य के हो भने दुई दशकअघि उनी भाजपाका एक कार्यकर्ता मात्र थिए जो पछि महासचिव बने ।’उनी गुजरात जानु, मुख्यमन्त्री बनाउनु कुनै रणनीतिक योजनाअनुरुप भएको थिएन बरु भाजपा तथा गुजरातमा त्यस समयको परिस्थितिले अचानक सम्भव बनाइदिएको थियो । उनी अफवाह थिएनन् । कहिलेकाहीँ मिडियामा देखिने एक पार्टी नेता मात्र थिए।

मुख्यमन्त्री बन्नासाथ भएको गुजरात दंगामा मोदीको छवि मिडियामा एक आदर्श व्यक्तित्व नभई यसको ठीक विपरीत एक भयानक खलनायकको बनाइएको थियो । यस अभूतपूर्व रुपको नकारात्मक मिडिया छविबाट लडेर त्यसलाई पराजित गर्दै मोदी शिखरमा पुगेका हुन् । त्यो बेला मोदीलाई मिडियाले खोजी गरेर बनाएको थिएन बरु मिडियाले उनलाई निरन्तर प्रहार गरिरहेको थियो।

मोदी प्रधानमन्त्री बनेको चार वर्षपछि दृश्य बद्लिएको छ । शिव विश्वनाथनले त्यही दृश्य मात्र देखिरहेका छन् ।
माथि उल्लेख गरिएझैं आज तथाकथित राष्ट्रिय मिडिया मोदी महिमामा सामेल छ । तर एक हिस्सा मात्र, पूरै होइन । त्यो हिस्सा आलोचनाहीन बनेको छ । तर, पूरै मिडिया यसमा सामेल भएको छ भन्नु पूर्ण सत्य होइन।

शिव विश्वनाथनको गुनासो सही पनि छ । नोटबन्दीको विषयमा मिडियाको विश्लेषण सही देखिएन । तर त्यो बेला पूरै देश खासगरी मध्यम वर्ग मोदी तथा मोदी सरकार पनि नोटबन्दीको सही अपेक्षाको सपनामा वसिभूत थिए । त्यो एउटा गम्भीर गल्ती थियो, गलत आकलन थियो । तर सबैबाट के लुकेको थिएन भने मोदीले एक जोखिमपूर्ण राजनीतिक कदम उठाएका थिए । उनी यसमा पूर्णतः असफल भए । तर यस कदमले उनलाई राष्ट्रहितका लागि कडा तथा अलोकप्रिय कमद उठाउने क्षमतायुक्त नेताका रुपमा स्थापित गरिदिएको छ।

शिव विश्वनाथनले मिडिया आलोचना गर्दा के कुरा छुटाएका छन् भने प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन नगर्नु दुःखद हो । चार वर्षमा एक पटक पनि गरेनन् । उनी मिडियालाई टाढा राख्छन् । यो गलत हो । उनले पनि अन्य राष्ट्रका प्रधानमन्त्री सरह पत्रकार सम्मेलन गर्नुपर्छ । तर, यदि भारतीय मिडिया साँच्चै मोदीभक्त भयो भने के मोदी त्यसलाई सामना गर्न सक्लान् ?

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved