नगरभित्रका खोलाको कार्यक्षेत्र तोक्दै इटहरी

  • प्रकाशित मितिः भदौ 31, 2075
  • 225 पटक पढिएको
  • समय अनलाइन

इटहरीः इटहरी उपमहानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका खोलाहरुको अधिकार क्षेत्र तोक्ने भएको छ ।

इटहरी उपमहानगरपालिकाको ३० औं कार्यपालिकाको आज बसेको बैठकले सो निर्णय गरेको हो । खोलाको अधिकार क्षेत्र तोक्नका लागि वडा नम्बर १४ का अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा एक समिति निर्माण भएको छ । सो समितिले ३ महिना भित्रमा प्रतिवेदन बुझाउने बताइएको छ ।

बैठकले गरेका निर्णयको बारेमा जानकारी दिन अहिले उपमहानगर परिसरमा पत्रकार सम्मेलन भइरहेको छ ।

यसै वर्ष बालमैत्री नगर घोषणा गरिने 
पत्रकार सम्मेलनमा जनाइएअनुसार चैत मसान्तसम्ममा इटहरीलाई बालमैत्री नगर घोषणा गर्ने गरी कार्यविधि र आचारसंहिता पारित गरिएको छ ।

त्यस्तै, इटहरी उपमहानगरमा सूचना र प्रविधिको विषयलाई व्यवस्थित बनाउन प्रत्येक वडा कार्यालयमा सूचना प्रविधि सहायक नियुक्त गर्ने निर्णय पारित गरिएको छ । आर्थिक सहायता वितरणसम्बन्धी सामान्य मापदण्ड २०७५ पनि स्वीकृत गरिएको जनाइएको छ ।

अहिले पत्रकार सम्मेलन जारी रहेकाले बैठकले गरेका थप निर्णय विस्तृतमा आउन बाँकी  छ ।

प्रतिक्रिया दिनुहोस

समय आवाज मिडिया प्रा.लि. द्वारा संचालित टिमहरु

सम्पर्क नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

इमेल: samayaaaweekly@gmail.com

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५६२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2019 - Samayaonline.com All rights reserved