केन्द्रका नेताले पार्टी बिभाजन गराउन खोजेको फोरमका इटहरी नगर सचिवको आरोप

  • प्रकाशित मितिः आश्विन २, २०७५
  • 1248 पटक पढिएको
  • समय अनलाइन

इटहरी । संघीय समाजवादी फोरम नेपाल इटहरी नगर समितिले केन्द्रका केहि नेताका कारण पार्टी बिस्तार गर्न गाह्रो भएको आरोप लगाएका छन् । केही दिन अघि इटहरीमा सम्पन्न प्रशिक्षणमा नगर सचिवमाथि हात हालाहाल भएको बिषयमा बोल्दै नगर सचिव रामचन्द्र राईले केन्द्रीय सदस्य पदम अधिकारीको ईशारामा नगरको अर्काे समान्तर जस्तै अधिबेशन आयोजक समिति बनाएको आरोप लगाएका हुन् ।  केन्द्रको निति अनुसार पार्टी बिस्तारलाई प्रथमिक्तामा राखेर अघि बढ्ने बताइएपनि पाटीलाई बिभाजित बनाउन केन्द्र्रीय नेता नगरमा लागेको बताए । निर्वाचित समितिलाई भाड्ने हिसाबले पदम अधिकारीले बनभोज गरेर अधिबेशन आयोजक समिति बनाएर नगर समितिलाई ओझेलमा पार्न खोजेको सचिव राईको भनाई छ ।

 

 

नगर समितिको अध्यक्ष राजकुमार गुरुङ काग्रेसमा गएपछि बरिष्ठ उपाध्यक्ष जयमनि राई कार्यवहाक अध्यक्ष बनेका थिए । तर आफु बुवाको काजक्रियामा सहभागी भएको समयमा पदम अधिकारीले कोशी टप्पुमा योजनाबद्ध बनभोज गराएर अधिबेशन आयोजक समितिको संयोजकमा डिल्ली सुब्बालाई बनाएका थिए । निर्वाचित समिति हुदै गर्दा आवश्कता बिनै अर्काे समिति बनाएर अधिकारीले पार्टी बिभाजन गराउन खोजेको प्रति सचिव राईको आक्रोश छ ।

‘मेरो पनि समर्थन छ भनेर जिल्ला अध्यक्ष र पार्टी इन्र्चाज समेतलाई झुक्याएर अधिबेशन आयोजक समिति बनाएको हो’ उनले भने ‘भदौ ३० गते नगर समितिको ब्यानरमा प्रशिक्षण कार्यक्रम आयोजना गरेपनि नगरका सदस्यदेखी जिल्लासम्मको नेतृत्वलाई कार्यक्रमको बारेमा जानकारी थिएन’ । यसमा पनि केन्द्रिय सदस्य अधिकारीको योजनामा कार्यक्रम गरिएको उनको दाबी छ ।  राईले उक्त कार्यक्रममा पार्टीको नगर समितिको वास्तबिक समस्याको बारेमा कुरा उठाउदा संयोजक डिल्ली सुब्बाले आफुलाई हातपात गदै कुटपिट गर्न खोजेको बताए । राईका अनुसार पदम अधिकारीले नगर समितिलाई प्रभाबित बनाउन ध्रुर्व सुब्बा, दिपेश राई र संयोजक सुब्बालाई समेटेर अधिबेशन आयोजक समिति बनाएको उनको तर्क छ ।

अधिकारीले पार्टीको निति नियम भन्दा बाहिर गएर आवश्कता बिनै अर्काे समिति बनाएको सचिव राई बताउछन् । ‘पदम अधिकारी कस्तो मान्छे हो भनेर सबैलाई जगजायर छ, पार्टी एकिकरण हुनु भन्दा अगाडी देखि उनको चरित्र पार्टी फेदै हिड्ने उनि फिरन्ते हुन’ ।
अधिकारी लिम्बुवान मुक्ति मोर्चाबाट फोरममा पार्टी एकता गरेका थिए ।

अर्काे समिति बनाएको बिषयमा जिल्ला र नगरमा व्यापक बिरोध भएपछि विवाद समाधान समिति समेत बनेको थियो । तर अधिबेशन नजिक भएको कारण नेताहरु ‘रिक्स’ नलिने भएपछि विवाद मिलेको छैन । जस कारण कार्यकर्ता बिच हात हालाहालको स्थिति बनेको हो ।

यता केन्द्रिय सदस्य पदम अधिकारीले पार्टीमा अन्तरिक विवाद जिवन्त हुने हुदा प्रशिक्षणमा सचिव राईले जवजस्र्ती भाषण गर्न खोजेर अराजकता मच्चाएको बताए । ‘सेडियुल बिना राईले माईक खोसेर बोलेका हुन उनले भने ‘प्रशिक्षणमा अनावश्यक कुरा राखेपछि माईक खोसिएको हो’ । म पार्टीलाई स्ट्रोङली अगाडी लान खोज्दैछु, तर राम्रो कुरालाई यहाँ नराम्रो देख्ने चलन छ ।  अधिकारी भन्छन ‘पार्टीको बिधि कानुनले सचिव जिल्लाले नभई कमिटिले तोक्ने हुदा अध्यक्ष नभएको खण्डमा अधिबेशन आयोजक समिति बनाइएको हो’ । ‘हामीले समितिमा राईलाई सह–संयोजक पनि बनाएका थियौ’ अधिकारीले भने ‘उनलाई सचिव नै चाहिने भएपछि वखेडा देखाइरहेका छन्’ ।

बनभोजबाट नगर समितिले नै आयोजक समिति बनाएको अधिकारीको दाबी छ । सबैको सहमतिमा अधिबेशन आयोजक समिति बनेको हो, समिति बनाउदा जिल्ला अध्यक्ष, सह–सचिव, उपाध्यक्ष तथा पार्टीका केन्द्रिय इन्र्चाज समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved