पत्रकारलाई चित्त दुखाउने गरी के भने प्रदेश एकका मुख्यमन्त्रीले ?

  • प्रकाशित मितिः असोज २३, २०७५
  • 1188 पटक पढिएको
  • समय अनलाइन

इटहरी । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आम व्यवसायिक पत्रकारहरुलाई स्तरहिन र सपनामा देखेका कुरा लेख्ने भन्दै तुच्छ प्रकारका शब्द प्रयोग गर्दै गाली गरेका छन् । 

एक नम्बर प्रदेश सभाको बर्षे अधिवेशनको समापन बैठकलाई सम्बोधन गर्दै मुख्य मन्त्री राईले प्रस्ट गल्ति नै नऔल्याई अमूर्त बिषय कोटयाउदै जथाभावी लेखेर गैर व्यवसायिक र स्तरहिन चरित्र देखाएको, सपनामा देखेका कुराहरु लेखेर आफुलाई बदनाम गराएको र सरकारले गरेका राम्रा काममा भाँजो हालेको भन्दै गाली गरेका हुन् । उनको यस्तो अभिवेक्ती प्रति सामाजिक संजालमा पत्रकारहरुले आक्रोस व्यक्त गरेका छन् । 

सभाको रोष्ट्रमबाट सभालाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले झण्डै दश मिनेट कुन मिडिया र पत्रकारको कुन समाचारमा कहाँ गल्ति भयो भन्ने समेत नप्रष्टयाई एक्कासी सम्बोधनमा प्रसंग फेरेर आम पत्रकारहरुलाई गाली गरेका थिए । उनले प्रदेशको स्थायी राजधानी र नामाकरणको बिषय सुरु गर्दै मिडियाले हचुवा प्रकारले जथाभावी लेखेर बिषयलाई हल्का बनाउने काम गरेको आरोप लगाउदै भने, ‘यो हल्का बिषय हैन यसैले मिडियाले गैर व्यवसायिक ढंगले लेख्नु राम्रो हैन म यसमा दुख व्यक्त्त गर्दछु ।’ 

प्रदेश सभाभित्र रिपोटिङ गर्न प्रेस ग्यालरीमा बसेका पत्रकारहरुतर्फ आक्रोश प्रकट गर्दै मुख्यमन्त्रि राईले आफ्नो सम्बोधनमा भने, ‘तँपाईहरु कल्पना गरेर सपना देखेर लेख्न छाडनोस् आफ्नो संकल्प र प्रतिबद्धतालाई ख्याल गर्नुहोस् सक्नुहुन्छ स्तरिय चरित्र प्रर्दशन गर्नुहोस सक्नुहुन्न भने कम्तीमा स्तरहिन चरित्र प्रर्दशन नगरिदिनोस् ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved