लायन्स क्लव अफ इटहरी द्वारा ८८ जना विद्यार्थीको निःशुल्क आँखा जाँच

  • प्रकाशित मितिः असोज २३, २०७५
  • 1438 पटक पढिएको
  • समय अनलाइन

इटहरी । लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीले इटहरी १३ खनारमा रहेको मदन आश्रीत आधारभुत विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ ।

उपमहानगरपालिका भएपनि खनारको गाम्रीण क्षेत्र पर्ने सो क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गरी आँखा जाँच शिविर सञ्चालन गरिएको हो ।

हालै मात्र गठन भएको लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीले सामाजिक कार्यलाई निरन्तरता दिने क्रममा विद्यालयमा आँखा शिविर सञ्चालन गरेको आँखा शिविरमा विद्यालयका ८८ जना विद्यार्थीहरुका साथै २५ अभिभावकहरुले आँखा परिक्षण गराएका थिए । शिविरमा इटहरीमा रहेको पशुपति अस्पतालले प्राविधिक सहयोग पुर्याएको लायन्स क्लव अफ स्मार्ट सिटीका अध्यक्ष राजेन्द्रकेशरी घिमीरेले जानकारी दिए । आँखा जाँच शिविरमा विरामीहरुलाई औषधि समेत प्रदान गरिएको समेत अध्यक्ष घिमीरेले वताए । यस अघि लायन्स क्लव अफ स्मार्ट सिटीले इटहरी श्री जब्दी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved