मुख्यमन्त्री शेरधन राई : ‘म सुटुक्क होइन, प्रेसलाईसमेत जानकारी गराएर अमेरिका गएको हुँ | ’

  • प्रकाशित मितिः मंसिर १, २०७५
  • 955 पटक पढिएको
  • समय अनलाइन

आफ्नो विदेश भ्रमण र सोसम्बन्धमा आएको विवादबारे प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रष्टिकरण दिएका छन् ।

उनले भिडियो र प्रेस विज्ञप्ती जारी गर्दै प्रष्टिकरण दिएका हुन् । उनले आफूलाई अमेरिका भ्रमणको समयमा अनावश्यक विवादमा मुछिएको बताए । उनले आफूलाई केही निहित स्वार्थ बोकेका मिडियाहरुले दुष्प्रचार गरेको समेत आरोप लगाएका छन् ।

उनले आफू दुई वर्षदेखि घाँटीको समस्यासँग जुधिरहेको र चिकित्सकहरुको सल्लाहमा बैंकक गएको बताए । उनले बैंककमा उपचार गरेर रिपोर्ट नआउन्जेल अमेरिकाका केही स्थानमा घुमेको समेत बताएका छन् । उनले आफू सुटुक्क नभई सबैलाई जानकारी गराएर अमेरिका गएको समेत उनले बताएका छन् । उनले निजी भ्रमण भएकोले रातो पासपोर्टसमेत प्रयोग नगरेको बताए । 

अमेरिकामा प्रवासी मञ्च र आदिवासी जनजाति महासंघको आयोजनामा भएको कार्यक्रममा सहभागि भएको र अमेरिकाको केही ठाउँ घुमेको उनले बताए । 

उनले ६ महिनासम्म औषधी सेवन गर्दा निको हुने जाँच बाट पत्ता लागेकोसमेत उनले जानकारी गराएका छन् ।

उनले उपचारको सम्पूर्ण खर्च आफै व्यहोरेको र कसैसँग नलिएको समेत बताएका छन् । उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved