लुकमान अन्सारी
इनरुवा,३ मंसिर । सुनसरीको हरिनगर गाउँपालिकाको वार्ड नं १ साविकको रामनगर भुटाहा स्थित श्री वाल कृष्णा मा.वि को फिल्डमा आइतवारको राती वहुभाषिक महिला र पुरुष कवि सम्मेलन गरि जनमानसले मुशयराको माजमै वितायौ रात ।
सो फिल्डमा आयोजित रात्रीकालीन नेपाल र भारत मैत्री बहुभाषिक कवि सम्मेलनले कविहरु गर्माएको अफ्ना मुशयराले मंसिरको चिसोको प्रवाह नगरिनै आएका स्वदेश तथा विदेशका हजारौ सुभ दर्शकहरुले मुशायराको लाभ लिदै सुहान अल्लाहा ,मासह अल्लाहामै विताए रात ।
समाजिक बिकासका लागि ऐक्यबद्धता नेपाल (एलाईन्स नेपाल)ले सुनसरीमा पहिलो पटक आयोजना गरेको नेपाल भारतमैत्री मुशायरा अर्थात बहुभाषिक कवि सम्मेलनको आर्कषण बन्न पुगेका भारतीय कविहरुको प्रस्तुतीले दर्शक दीर्घाका पारखीहरुलाई घण्टौं बाँधेर राखेको थियो ।
नेपाली सहित उर्दु र हिन्दी, उराँव,मैथली, थैथी भाषाहरुमा आमन्त्रित गरिएका कवीहरुले आफनो प्रस्तुती दिएर भुटाहा मैहफिल दिन जस्तै रातलाई जमाएका यिए । सघिय सांसद ज्ञानेन्द्र कार्की मात्रै नभएर गाउँपालिका अध्यक्ष गफार अन्सारी,प्रदेश ४ का ताहिर अन्सारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीकासाथै सुरक्षा निकायका प्रमुख समेत मात्र नभई छिमेकी देश भारतका मुखिया मोजमिल अंसारी,जावेद मियाँ सहवाज मियाँ लगायत मुशायरा कार्यक्रममा मन्त्रमुग्ध देखिए ।
तामझामका साथ राती करिब ८ बजे सुरु भएको मुशायराको आगाज नेपाली कविहरुले गरेपनि त्यसपछि भारतीय कविहरुले एकपछि अर्को प्रस्तुती दिएका थिए । कार्यक्रममा स्वदेश तथा विदेश भारतका पनि ठुलो संख्यामा सर्वसाधारणको कार्यक्रममा उपस्थिती थियो ।

कविका पंक्तिनै पिच्छे घन्किने मसा अल्लाहा, वाह वाहीले बहुभाषिक कवि सम्मेलनको माहौलाईनै तताएको थियो रात्रीकालीन कार्यक्रम भएकाले सुरक्षाको मजबुत बन्दोवस्तीसाथ आयोजना गरी कार्यक्रम विहान ४ वजे सम्म चल्यो ।
कार्यक्रम अवधीभर ठुलो संख्याका सर्वसाधारणले साथदिँदै महफिलको लुफ्त उठाए । नेपाल भारतको सुमधुर समवन्ध दर्शाउन र आपसी भाइचाराको उद्येश्यसाथ आयोजना गरिएको बहुभाषिक सम्मेलनमा दर्शकको उपस्थिती र सहभागि कविहरुको उत्साहजनक प्रस्तुतीले कार्यक्रमको औचित्य पुष्टि हुनुकासाथै सकारात्मक समवन्ध स्थापित गराउन फलदायी बनेको आयोजक संस्थाका अध्यक्ष नईम अन्सारीले बताए ।

मुशायरामा भारतका बिकास बोगल, भिभा शुक्ला, चाँदनी सबनम, सुल्तान जाहाँ,असद बस्तवी,अरसल महताब सहित नेपालका साकिर हारुनी , जमसेद अन्सारी, शैयब राही , डम्बरुबल्लभ भण्डारी, लिलानाथ सिलवाल, रविन्द्रमुनी कोइराला , जाय कृष्णा यादव लगायतका साहित्यकारहरुले रचना, सृर्जना कविता, गजल तथा सायरी पस्केका थिए । र कार्यक्रमा प्रमुख अतिथि जानेन्द्र वहादुर कार्की,विशिष्त अतिथि पुर्व राज्य मन्त्रि रिजवान अंसारी, जिल्ला प्रशासन कार्यलाय प्रमुख प्रेम उप्रेती,अतिथिहरु ऐमले ताहिर अंसारी कोशी गाउँपालिका प्रमुख एयूव मियँ ,पत्रकार लुकमान अंसारी ,प्रमोद यादव ,तवरेज आलम, अमर काफले,शशी कोइराला,अन्सार अन्सारी,वडा अध्यक्षहरु,नेपाल सुनसरी प्रहरी प्रमुख राजन अधिकारी,सशस्त्र प्रहरी प्रमुख लगायत दर्जनोलाई सम्मान गरिएका थिए ।
कार्यक्रको अध्यक्षता हरिनगर गाउँपालिकाको प्रमुख गफर अंसारीले गर्न भएका थिए
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved