इटहरी÷भारतीय ज्यानल जि टिभीको सारेगमापाको लिटिल चैप्समा भ्वाइस टेष्ट उत्तिर्ण गरी प्रतियोगितामा सहभागि हुन जाने तयारीमा रहेका एघार वषिय प्रितम आचार्यलाई सम्मान गरिएको छ ।
प्रतियोगिताका लागि छनौट भएका आचार्यलाई एक कार्यक्रमको आयोजना गरि इटहरीमा सम्मान गरिएको हो ।
विश्व आदर्स स्कुलमा कक्षा ६मा अध्यननरत इटहरी ५का बालक आचार्यलाई पाथिभरा डिजिटल रेकडिगं र नेक्सस ब्याण्डले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी इटहरीका पुराना सर्जक चण्डिका निरौलाले नेपाली टोली लगाएर सम्मान गरे ।
प्रतियोगितामा छनौट भएका आचार्यलाई उनका संगितगुरु भुपेन्द्र राई लगायतले सम्मान तथा शुभकामना दिएका थिए । कार्यक्रममा बाल गायक आचार्यका बाबु काशिनाथ आचार्य उनको गित संगितका विषयमा जानकारी गराएका थिए ।
बाल प्रतियोगिलाई सम्मान तथा हौसाला प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको पाथिभारा रेकटिगंकी संचालिका सुनिता कटुवालले वताइन ।
कार्यक्रममा संगित साधाना महाविद्यालयका महासचिव राजु केसी , विश्व आर्दस कलेजका अध्यक्ष लेखनाथ घिमीरे , प्राचार्य गणेश दुलाल , कलाकारहरु भाइसन वर्देवा , बावुराम प्रधान लगायतको सहभागिता रहेको थियो ।
बाल गायक आचार्यले सुरशाला आइडलमा समेत फष्ट रनरअप भएका थिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved