धनकुटा बजारमा प्रथम एभोकाडो महोत्सव हुने

  • प्रकाशित मितिः मंसिर ६, २०७५
  • 1358 पटक पढिएको
  • समय अनलाइन

धनकुटा/व्यवसायिक एभोकाडो खेतीबाट धनकुटाको कृषि पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले धनकुटा बजारमा प्रथम एभोकाडो महोत्सव हुने भएको छ ।
धनकुटा नगरपालिकाको आयोजनामा सम्पन्न हुन लागेको उक्त एक दिने महोत्सवमा नगरक्षेत्रको किसानका २० वटा एभोकाडोका स्टलहरू रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


मङ्सिर ८ गते धनकुटा बजारको परिचय मोड क्षेत्रमा आयोजना गरिएको एभोकाडो महोत्सव एसियाकै पहिलो महोत्सव भएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकादत्त राईले जानकारी दिए । धनकुटा बजारको परिचय मोडमा ३० लाख लागतमा निर्मित एभोकाडो स्तम्भ र पार्कको उद्घाटनसँगै महोत्सवको आयोजना गरिने प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए ।


महोत्सवमा सहभागी किसानलाई प्रोत्साहन स्वरुप प्रथम, द्वितीय, तृतीय र सान्तत्वना हुने ६ जना किसानलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार दिइने नगरपालिकाले जानकारी दिएको छ । एभोकाडोको खेतीलाई प्रवद्र्धन गर्न नगरपालिकाले गएको असारमा धनकुटालाई ‘एभोकाडोको राजधानी’ घोषणा गरेको थियो ।


नगरपालिकाले एभोकाडोको राजधानी घोषणा गरेसँगै प्रति केजी ५० रुपैयाँमा बिक्दै गरेको एभोकाडो अहिले धनकुटामा १ सय ५० देखि २ सय ५० रुपैयाँ पुगेको छ ।
वि.सं.२०२८ सालमा बेलायत सरकारले धनकुटाको पाख्रीबास कृषि अनुसन्धान स्थापना गरेसँगै ती देशका नागरिकले रोपेर फैलिएको एभोकाडो हाल धनकुटा नगरपालिका क्षेत्रमा २५ देखि ३५ हजार फल दिने बोट रहेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved