आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो तालतलैया

  • प्रकाशित मितिः मंसिर २८, २०७५
  • 1352 पटक पढिएको
  • समय अनलाइन

पूर्वी नेपालकै मनोरम र सुन्दर तालहरु सहितको कृति एवम प्रकृतिका खुल्ला सङग्राहलयका रुपमा रहेको इटहरी उपमहानगरपलिका ३ को तालतलैया क्षेत्र आन्तरिक पर्यटकहरुको आकर्षणको थलो बन्दै गई रहेको छ ।

तालतलैया विकास तथा संरक्षण समिति अन्तर्गत रहेको सञ्चार उप समितिले आज तालतलैया क्षेत्रमा नै आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराउँदै गएको एक बर्षको अवधिमा झण्डै ५ लाख मानिसले तालतलैया क्षेत्रको स्थलगत अवलोकन एवम अध्ययन भ्रमण गरेको आँकडा सार्वजनिक गरेको छ ।

इटहरी उपमहानगरपालिका–३ स्थित शानितनगर र सरस्वती सामुदायिक बन क्षेत्रका बीच भागमा रहेको तालहरुको मनमाोहक स्थलसँगै नेपाल र भारतका सर्वसाधारण समेतका लागि गन्तब्यस्थलसँगै बनभोजका लागि सुन्दर भूभिका रुपमा तालतलैया क्षेत्र विकास भईरहेको छ।

बनभोजको समयमा कम्तिमा दैनिक १ सय ६५ वटा टोली समेतले रमझम सहित तालतलैया क्षेत्रका विभिन्न ताल तथा अन्य मनोरम दृष्यहरुको अवलोकन गर्दै जीवनको आनन्द लिन सकिने विभिन्न स्थल समेत भएकाले यहाँ आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेको समितिका अध्यक्ष बीरबहादुर लिम्वुले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

केन्द्रिय प्रदेश र इटहरी उपमहानगरपालिका समेतले उच्च महत्व र मुल्याङ्कलन गर्दै यो तालतलैया क्षेत्रका पर्यटन प्रवर्धनमा विशेष लगानीयको गुरुयोजना बनाउने तयारीतिर सकारात्मक कार्य भई रहेको पनि उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा सञ्चार समितिका संयोजक लोचन पौडेलले थप जानकारी दिनुहुँदै तालतलैया क्षेत्रमा भएका मनोरम दृष्यहरुको अवलोकनकै लागि थुप्रै मानिस लोभिएर आउने गरेको दावी गर्नुभयो।

तालतलैया क्षेत्रमा रहेको मोटरबोटको यात्रादेखि घोडचढि चराचुरुङ्गीको अध्ययन एवम विभिन्न जडिबुटी तथा बुट्यानको अवलोकनसँगै आकर्षक मुर्तिकला आदि अवलोकन यहाँको सुन्दर पक्ष रहेको बताईएको छ ।इटहरी शहरको नजिकै प्राकृतिक मनोरम दृष्यहरुसँग रमाउन पाईने तालतलैया क्षेत्र प्रत्येक अवलोकनकर्ताको गन्तब्यका रुपमा विकास भई रहेको समिति संयोजक पौडेलले थप जानकारी दिनुभयो ।

तलतलैया क्षेत्रमा रहेका हरियाली तालहरुसँगै यस आसपासका मनोरम र मनै लोभ्याउने मुर्तिकलाले झनै तालतलैया क्षेत्र लोभ लाग्दो भएको तालतलैया क्षेत्र विकासका समितिका सदस्य तुलाराम दङ्गालले जानकारी दिनुभयो ।

७६ दशमलव ७५ हेक्टर जमिनको क्षेत्रमा फैलिएको तालतलैया सुन्दर प्राकृतिक सम्पदासँगै निर्मल पानीमा उफ्रिएका माछा हेर्न लोभिनेहरुकै कारणले तालतलैया आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पनि गत्तब्यस्थलमा रुपान्तरित भएको हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved