मेडिकल बिद्यार्थीको महाकुम्भको पहिलो दिन : आत्मबिश्वासी खेलाडी, रोमाञ्चक खेल

  • प्रकाशित मितिः पुस १, २०७५
  • 1351 पटक पढिएको
  • समय अनलाइन

सुनसरीको धरानमा जारी साइन्याप्स अन्तर्गतको अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगिताको पहिलो दिन क्रिकेट, फुटबल, भलिबल र बास्केटबलका सातवटा खेलहरु भएका छन्।

बिपि ब्लु र नोबेल मेडिकल कलेजबीच शनिबार भएको क्रिकेट प्रतियोगितामा बिपि ब्लुले चार रनको रोमाञ्चक जित हासिल गरेको खेलकुद संयोजक करन यादवले बताउनुभयो।

त्यस्तै बिपि सेतो र बिराट मेडिकल कलेजबीचको खेलमा बिपलिे खेल जितेको छ। बिपि सेतोले बिराट कलेजलाई ४–०ले जितेको हो। प्रतियोगिताको पहिलो हाफमा बिपिका जितु कोइरालाले कप्तान सुसान्त चौधरीको पासमा पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका थिए भने दोश्रो हाफमा बिपिले तीन गोल थपेको थियो।

दोश्रो हाफमा क्रमशः केदार डिसि र अभिनब खुम्बुको पासमा कप्तान सुसान्त चौधरीले दुई गोल गरेका थिए भने अभिनब खुम्बुले फ्री किक मार्फत थप एक गोल गरेका थिए। त्यस्तै किष्ट मेडिकल कलेज र कम्सबीचको फुटबल खेल गोलरहित बराबरीमा टुङ्गिएको फुटबल संयोजक प्रबिन भुसालले बताउनुभयो।

यस्तै पहिलो दिनको भलिबल अन्तर्गत बिपि र बिराट(गल्स) बीच भएको खेलमा बिपिले २–० ले जितेको छ। यस्तै नोबेल र किस्ट (गल्स) बीचको खेलमा नोबेलले २–० ले जितको प्रतियोगिता संयोजक सिद्धराज रोकायाले जानकारी दिनुभयो।

यस्तै नेपाल मेडिकल कलेज, जोरपाटी र नेपालगञ्ज मेडिकल कलेज (ब्वाइज) बीचको पहिलो बास्केटबल खेलमा नेपाल मेडिकल कलेजले ३४–२९ ले जित हासिल गरेको छ।

यस्तै बिपि डक्टर्स र किष्ट(ब्वाइज) बीचको खेलमा बिपिले ५०–१९ ले जित हासिल गरेको बास्केटबल खेल संयोजक आशुतोष पाण्डे, सुसान्त चौधरी र तेजेश साहले जानकारी दिनुभयो।

यस बर्षदेखि प्राय सबै मेडिकल कलेजले बिद्यार्थीलाई बिभिन्न प्रतियोगिताका लागि तयार गरेकाले गत बर्षहरु भन्दा यो बर्ष खेल तथा अन्य कार्यक्रमको स्तर बढेको कार्यक्रमका मिडिया संयोजक तथा प्रतिष्ठानमा एम.बि.बि.एस चौथो बर्षमा अध्ययनरत शुभम कुमार अग्रवालले बताउनुभयो।

यो पटक भएका खेलहरु निकै रोचक र प्रतिस्पर्धात्मक भएको तथा बर्षभरी पढाईमा ब्यस्त मेडिकल बिद्यार्थीको यस्तो प्रतिभा प्रकट गर्न साइन्याप्स सफल रहेको खेल हेर्न पुगेका एलाइभ फार्मास्युटिकल्सका सि.इ.ओ सुबर्णभक्त जोशीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved