प्रस्ताबित सगरमाथा प्रदेशका १४ जिल्लाका २७जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्। आईतबार बिहान ६बजेदेखि सोमबार बिहान ६बजे सम्ममा उनिहरु मापसे गरेर सवारी साधन चलाएको भन्दै कारबाहीमा परेका हुन्।
पौष १ गते बिहान ६बजेदेखि पौष २ गते बिहान ६बजेसम्ममा प्रस्ताबित सगरमाथा प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ७ सय २४ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधनहरुलाई कारबाही गरिएको कार्यालयले जनाएको छ।
जसअनुसार मोटरसाईकलमा ३जना चढेर यात्रा गर्ने १०जना, हेलमेट नलगाईकन मोटरसाईकल मोटरसाईकल चलाउने ७ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ८१ जना, सवारी चालक अनुमति पत्र नभएका ४६जना, सवारी चालक अनुमति पत्र नभएकालाई सवारी साधन चलाउन दिने २७ जना, जथाभावी पार्किङ्ग गर्ने २६जना, रोक्न निषेधमा सवारी साधन रोक्ने ४०जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गर्ने २४जना, सुरक्षा पेटी नबाध्ने १४ जना, कागज पत्र साथमा नराख्ने १८६ जनालाई कारबाही गरिएको कार्यालयले जनाएको छ।
यस्तै ट्राफिक ईशारा उल्लंघन गर्ने ६जना, सवारी साधनमा बत्तीको बिग्रेको भएपनि त्यत्तिकै कुदाउने ३६ जना, हर्न निषेधमा हर्न बजाउने ६जना, तिब्रगतिमा सवारी साधन सञ्चालन गर्ने दुईजना, ढोका खुल्ला गरी सवारी साधन चलाउने २२ जना, हद भन्दा बढी मालसामान ढुवानी गर्ने २५जना, लापरवाही साथ सवारी साधन चलाउने १ सय ३१ जना र बिना रुट परमिट सवारी साधन चलाउने ८ जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेका हुन्।
यसैगरी सवारी दुर्घटना न्यूनीकरणको लागि “दुर्घटना घटाऔँ मान्छे बचाऔँ अभियान” अन्तर्गत ट्राफिक प्रहरी पोष्ट बेलबारीले हिजो पौष १ गते मोरङको बेलबारी ११ भाउन्ने र लक्ष्मीमार्गको बीचको कजवेमा सवारी दुर्घटनाबाट बच्न एवं सम्भाबित दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सवारी चालकहरुलाई जानकारी गराउन जानकारीमुलक होडिङ्ग बोर्ड राखेको छ। यस्तै ट्राफिक प्रहरी पोष्ट गोठगाउ मोरङ्गले पौष १ गते सुन्दरहरैचा ७ गछिया चोकमा पैदल यात्रीलाई जेब्रा क्रसबाट बाटो क्रस गर्न सिकाएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved