मेडिकल बिद्यार्थीको महाकुम्भ : तेश्रो दिन १५वटा खेल सम्पन्न

  • प्रकाशित मितिः पुस ४, २०७५
  • 1289 पटक पढिएको
  • समय अनलाइन

सुनसरीको धरानमा जारी साइन्याप्स अन्तर्गतको अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगिताको तेस्रो दिन १५वटा बढि कार्यक्रम भएका छन्। प्रतियोगिता अन्तरगत क्रिकेट, फुटबल, बास्केटबल, ब्याडमिन्टनका पन्ध्रभन्दा बढी खेलहरु र साहित्यिक कार्यक्रमहरु भएका हुन्।

केयुएसएमएस र सिएमसिबीच भएको क्रिकेट प्रतियोगितामा केयुएसएमएसले २२ रनले जित हासिल गरेको थियो। यस्तै एनएमसि र किष्टबीच भएको क्रिकेट प्रतियोगितामा किष्टले ३१ रनले जित हासिल गरेको थियो। यसैगरी नोबेल मेडिकल कलेज र एनजिएमसिबीच भएको क्रिकेट प्रतियोगितामा नोबेलले ७ विकेटले जित हासिल गरेको साइन्याप्स आयोजक समितिका क्रिकेट संयोजक दिलिप गुप्ता र नवीन चौधरीले बताउनुभयो।

यसैगरी एनएमसि र आइओएमबीच भएको फुटबलमा एनएमसिले २–० ले जितेको छ। त्यस्तै सिएमसि सिनियर्स र केएमसिबीचको खेल सिएमसि सिनियर्सले ६–१ले जितेको छ। यस्तै नोबेल मेडिकल कलेज र सिएमसि जुनियर्सबीचको खेल नोबेलले १–० ले जितेको छ। त्यसैगरी एनजिएमसि र बिराट मेडिकल कलेजबीचको खेल १–१ को बराबरीमा टुंगिएको फुटबल प्रतियोगिता संयोजक प्रबिन भुसाल र सुनित छेत्रीले बताउनुभयो।

त्यसैगरी बास्केटबल खेल अन्तर्गत केएमसि र बिपि डाक्टर्स (ब्वाइज) बीचको खेलमा केएमसिले ३४–३३ले जितेको छ। यस्तै एनएमसि र सिएमसि(ब्वाइज) बीचको खेल एनएमसिले ३१–२६ले जितेको छ। त्यस्तै बिराट मेडिकल कलेज र आइओएम (ब्वाइज) बीचको खेल बिराट मेडिकल कलेजले २७–२३ले जितेको छ। यसैगरी बिपि र सिएमसि (ब्वाइज) बीचको खेल बिपिले ३६–१७ले जितेको बास्केटबल संयोजक आशुतोष पाण्डे, सुशान्त चौधरी र तेजेश साहले जानकारी दिनुभयो।

त्यस्तै ब्याडमिन्टन एकलअन्तर्गत केएमसिका सुबोध चापागाईं, बिपिका करन यादव, हेमाचन्द्रन, डा.भुपेन्द्र साह, पियुस कमल, आलोक कुमार सिंह, निरज सापकोटा, रमिता चम्लागाँई र बिराट मेडिकल कलेजका टेकराज ओलि बिजयी भएर दोश्रो चरण प्रवेश गरेका छन्।

यस्तै ब्याडमिन्टन जोडि अन्तर्गत एनजिएमसिका अनिल र सानु, बिपिका हेमाचन्द्रन र पियुस कमल तथा बिपिका डा.भुपेन्द्र साह र डा.आशिष घिमिरे दोश्रो चरण प्रवेश गरेको ब्याडमिन्टन खेल संयोजक हेमाचन्द्रन र पियुस कमलले जानकारी दिनुभयो।

त्यस्तै एक्स्टेमपोर स्पिचमा अङ्ग्रेजीतर्फ बिपिकि सौम्या सिंह प्रथम हुनुभयो भने नेपालीतर्फ बिपिका किरण चन्द्र पुन प्रथम हुनुभयो।

यस बर्षदेखि प्राय सबै मेडिकल कलेजहरुले बिद्यार्थीलाई बिभिन्न प्रतियोगिताहरुकालागि तयार गरेकाले गत बर्षहरु भन्दा यो बर्ष खेल तथा अन्य कार्यक्रमहरुको स्तर बढेको कार्यक्रमका मिडिया संयोजक तथा प्रतिष्ठानमा एम.बि.बि.एस चौथो बर्षमा अध्ययनरत शुभम कुमार अग्रवालले बताउनुभयो।

चिकित्सा शिक्षा अध्ययनरत बिद्यार्थीको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजक ब्याचका सदस्य निमेष लगेजु र मिथिलेश यादवले बताउनुभयो। यो पटकका खेलहरु निकै रोचक र प्रतिस्पर्धात्मक भएको आयोजक समितका महासचिव डा.अभिषेक चौधरीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved