सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड, प्राध्यापक र कर्मचारीका कुर्सी जलाइए

  • प्रकाशित मितिः पुस ४, २०७५
  • 1431 पटक पढिएको
  • समय अनलाइन

कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राचार्यले मनोमानी रुपमा शिक्षक र कर्मचारी नियुक्त गरेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलित भएका छन्।

 

विश्वविद्यालयका प्राचार्य डा. भुपेन्द्र बिष्टविरुद्ध विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका हुन। प्राचार्य विष्टले प्रक्रिया मिचेर आफुखुसी शिक्षक तथा कर्मचारी भर्ना गरेको भन्दै विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरुले प्राध्यापक र कर्मचारीका कुर्सी जलाएका छन् । 

बुधवार यहाँका चार विद्यार्थी संगठनहरुले विश्वविद्यालयका प्राध्यापक र कर्मचारीका कुर्सी जलाएका हुन । साथै उनिहरुले विश्वविद्यालयमा तोडफोड पनि गरेका छन् । यसअघि आइतवार पनि विद्यार्थी संगठनहरुले प्राचार्य बिष्टको पुत्ला दहनका साथै कार्यालयमा तोडफोड गरेका थिए।

पूर्व एमाले निकट अनेरास्ववियु, पूर्व माओवादी केन्द्र अखिल क्रान्तिकारी, कांग्रेस निकट नेवि संघ र नेकपा विप्लव निकट विद्यार्थी संगठनले विश्वविद्यालयका नासु बिनोदराज जोशीको कुर्सी जलाएको हो।

प्रक्रियानै पुरा नगरी भर्ना गरिएका शिक्षक र कर्मचारीहरुलाई खारेज गर्नु पर्ने विद्यार्थी संगठनहरुको माग रहेको छ । तत्काल आफ्नो माग पुरा नभए आफुहरु जस्तो सुकै कडा कदम चाल्न बाध्य हुने नेपाल विद्यार्थी संगठनका नेता किशोर जोशीले बताए।

विश्वविद्यालयका प्राचार्य बिष्टले कुनै सुचना नै ननिकालेर आफुखुसीर राजनितिक भागबन्डाका आधारमा आफ्ना नातेदारहरुलाई भर्ना गरेको विद्यार्थी संगठनहरुको आरोप छ।

यद्यपी प्राचार्य बिष्टले भने भागबण्डाका आधारमा नभई आवश्यकताका आधारमा शिक्षक नियुक्त गरेको दाबी गर्छन् । अहिले विश्वविद्यालयमा राखिएका शिक्षकहरु पुर्णकालिन करार नभई ‘पार्ट टाईम’का लागि मात्रै राखिएकोले कुनै सूचना अर्थात प्रावधानमा जानु नपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved