जनसेवा माबी रमाईलोका पुर्व बिद्यार्थीले सञ्चालन गरे निशुल्क दन्तशिविर

  • प्रकाशित मितिः पुस १३, २०७५
  • 1579 पटक पढिएको
  • समय अनलाइन

मोरङ्गको कानेपोखरी गाउँपालिका रमाईलोस्थित जनसेवा माविमा २०४७ सालमा एसएलसी दिएका पुर्व बिद्यार्थीले निशुल्क दन्त शिविर सञ्चालन गरेका छन्। पूर्व बिद्यार्थीले बिहिबार निशुल्क दन्तशिविर सञ्चालन गरेका हुन्।

बिद्यार्थी र अभिभावकको स्वास्थ्यलाई जोड दिंदै पूर्व बिद्यार्थीले बिपि कोइराला स्वास्य विज्ञान प्रतिस्ठान धरानको सहकार्यमा बिहिबार निशुल्क दन्तशिविर सञ्चालन गरेको कार्यक्रम संयोजक उदय सुब्बाले बताउनुभयो। शिविरमा धरानस्थित बिपि कोइराला स्वास्य बिज्ञान प्रो.डा. आशिस श्रेष्ठ, प्रो.डाक्टर ताराकान्त भगतलगायतको टोलीले दन्त शिबिरमा दाँतका रोगीहरुको दात परिक्षण गरेका छन्।

शिविरमा नर्सरी देखि कक्षा १० सम्मका पाँचसयजना भन्दा बढी बिद्यार्थी एवं अभिभावकको दन्त परिक्षण गर्नुका साथै आवश्यक परामर्श र निशुल्क औषधीसमेत प्रदान गरिएको छ।

दाँत बलियो भए मात्रै आँत बलियो हुन सक्ने भन्दै दाँतको सुरक्षामा बिषेश ख्याल गर्न कार्यक्रमका प्रमुख अतिथी प्रदेश १ को प्रदेश सभा सदस्य सुयर्माराज राईले बताउनुभयो। राईले स्वस्थ दात भएमा मिठो मुस्कान हुने समेत बताउनुभएको छ।

कार्यक्रममा बिपि कोईराला स्वास्य बिज्ञान प्रतिष्ठानको प्रो.डा.आशिष श्रेष्ठले शरिरका अन्य अङ्गलाई बढी जोड दिँदै परिक्षण गर्ने तर दाँतको सुरक्षामा ख्याल नगर्ने नराम्रो परिपाटी भएकाले अब त्यस्तो परिपाटीको अन्त्य गर्दै दाँतको सुरक्षाका लागि बिशेष ख्याल गर्न आग्रह गर्नुभएको छ। बिद्यार्थीको दाँतमा समस्या आउँदा पठनपाठनमा प्रभाव पर्ने भएकाले दाँतमा समस्या आउन नदिनका लागि एकदिने निःशूल्क दन्त शिविर सञ्चालन गरिएको कार्यक्रम आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved