नयाँ वर्षमै ३०० नयाँ विजुली बस चलाउने सरकारको योजना

  • प्रकाशित मितिः पुष १६, २०७५
  • 1613 पटक पढिएको
  • समय अनलाइन

सरकारले नयाँ विद्युतीय बस आगामी वैशाखबाटै चल्ने बताएको छ। संसदको विकास समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी बैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा ३ सय विद्युतीय बस गुड्ने बताए।

मन्त्री महासेठले सरकारले आफ्नै विद्युतीय बस देशभर सञ्चालन लागिएको भन्दै त्यसको सुरुआत काठमाडौंबाट गर्न लागिएको बताए। मन्त्री महासेठकाअनुसार अहिले विद्युतीय बस सञ्चालन गर्न नेपालका सडकहरु कति उपयुक्त छ भनेर अध्ययन भइहरेको छ।

बैठकमा सांसदहरुले विद्युतीय बसको लागि चार्जिङ स्टेशन लगायतका पूर्वाधारबारे पनि प्रश्न उठाए। हाल बसहरुका लागि काठमाडौंमा चार्जिङ स्टेशनहरु बनेको छैन।

समिति सभापति कल्याणी खड्काले राजमार्गहरु मृत्युमार्ग बनेको भन्दै मन्त्री महासेठको ध्यानाकर्षण गराइन्। बैठकमा मन्त्री महासेठले सडक दुर्घटना कम गर्नेबारे अध्ययन गर्न सहसचिव सरोज प्रधानको नेतृत्वमा समिति बनाइएको बताए। उनले एक महिनापछि प्रतिवेदन आएपछि दुर्घटना कम गर्ने योजना लागू गर्न सरकार लाग्ने दावी गरे।

बैठकमा सांसद केदार सञ्जेलले जहाज मात्र नभएर बस पनि अब ‘वाइडबडी’ आवश्यक भएको धारणा राखे। बैठकमा सडकमा बढेको ट्रिपर र माइक्रोको आतंकबारे पनि सांसदहरुले प्रश्न उठाएका छन्।

यस्तै सांसद आशाकुमारी विकले ट्याक्सीको ठगी नियन्त्रण हुन नसकेको बताइन्। ‘बुटवलबाट काठमाडौं आउँदा ५ सय खर्च हुन्छ, त्यही कलंकीबाट बानेश्वर आउनुपर्दा ६ सय रुपैयाा तिनर्ने अवस्था किन हटेन ? उनले मन्त्रीलाई प्रश्न गरिन।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved