वाइडबडी खरिद प्रकरणमा मन्त्री, पूर्वमन्त्री सहित ३३ जना दोषी ठहर (सूची)

  • प्रकाशित मितिः पुस १८, २०७५
  • 994 पटक पढिएको
  • समय अनलाइन

वाइडबडी खरिद प्रकनेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणमा लेखा समिति अन्तर्गतको उपसमितिले वहालवाला मन्त्रीसहित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका दुई जना पूर्वमन्त्रीलाई दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरेको छ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणमा लेखा समिति अन्तर्गतको उपसमितिले वहालवाला मन्त्रीसहित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका दुई जना पूर्वमन्त्रीलाई दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरेको छ।

समितिले मन्त्रीसहित ३४ जनालाई दोषी ठहर गरेको हो।

अहिलेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका अलावा नेपाली कांग्रेसका पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जीतेन्द्रनारायण देवलाई उपसमितिले दोषी ठहर गरेको छ।

पर्यटनमन्त्री अधिकारीका हकमा उपसमितिले भनेको छ, ‘पर्यटन मन्त्री रवीन्द्र अधिकारीले महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदनमा निगमको विमान खरिद प्रक्रिया कानुन सम्मत नदेखिएको भनेपनि सोको छानविन नगरी जानीजानी अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिएको देखिन्छ।’

मन्त्री अधिकारीले पटक पटक आफ्नो कार्यकालमा कुनै भुक्तानी नदिएको भन्दै आएका थिए। पछिल्लो समयमा महालेखा परीक्षक टंकमणि शर्मासँग अनौपचारिक परामर्श लिई अन्तिम किस्ता रकम भुक्तानी दिएको स्वीकार गरेका थिए।

प्रतिवेदनमा चाहिँ महालेखा परीक्षक टंकमणि शर्मासँग परामर्श नलिई रकम भूक्तानी गरेको ठहर गरिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘बदनियतपूर्वक अन्तिम किस्ता भुक्तान गरेकोमा मन्त्री जिम्मेवारीबाट पन्छिन मिल्दैन।’

वाइडबडी जहाज खरिद सम्बन्धमा मन्त्री अधिकारीले सुक्ष्म अध्ययन गरी प्रतिवेदन पेश गर्ने प्रतिवद्धता संसद समक्ष व्यक्त गरेपनि वायुसेवा निगमकै कार्यदल बनाई सत्य तथ्य बाहिर नल्याएको बताउँदै उपसमितिले प्रचलित कानुन बमोजिम कारबाही गर्न समिति समक्ष सिफारिस गरेको छ।

यो प्रकरणमा तत्कालीन पर्यटनमन्त्री जीवन बहादुर शाही समेत संलग्न रहेको ठहर उपसमितिले गरेको छ। सार्वजनिक खरिद ऐन–०६३ विपरित अनियमित तरिकाले विमान खरिद कारबाही अगाडि बढ्दा पनि शाहीले सतर्क नगराएको र बैना रकम प्रदानको निर्णय गरेको उपसमितिले बताएको छ।

त्यसैलाई आधार मानी शाहीलाई उपसमितिले कारवाहीका लागि निर्देशन गर्न समितिलाई सिफारिस गरेको उपसमितिले शाहीले नैतिक जिम्मेवारी लिनु पर्ने देखिएको बताउँदै कानुन सम्मत कारवाही गर्न निर्देशन गर्न सार्वजनिक लेखा समितिलाई सिफारिस गरेको छ।

शाही पछिका पर्यटन मन्त्री देवले अनियमिता रोक्ने विषयलाई नजरअन्दाज गरेको ठहर उपसमितिको छ। हाइफाई एक्स आएरल्याण्ड कम्पनीसँग कनुन विपरित सम्झौता भएको कुरा नजर अन्दाज गरेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ।
देव मन्त्री हुँदा विमान खरिदका लागि पहिलो किस्ता बापतको रकम सोही कम्पनीलाई भुक्तानी गर्ने निर्णय भएको बताउँदै उपसमितिले उनलाई पनि कानुनसम्मत कारवाहीका लागि निर्देशन दिन सिफारिस गरेको हो।

उपसमितिले ठहर गरेका दोषीको सूची

रविन्द्र अधिकारीः मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
जितेन्द्र नारायण देवः पूर्वमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
जीवनबहादुर शाहीः पूर्वमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

प्रेमकुमार राई
सुगतरत्न कंसाकार
निमानुरु शेर्पा
टेकराज आचार्य
बुद्धिसागर लामिछाने
मुक्तिराम पाण्डे
शंकरप्रसाद अधिकारी
शिशिरकुमार ढुंगाना
महेश्वर न्यौपाने
सूर्यप्रसाद आचार्य
जिवनप्रकाश सिटौला
अच्युतराज पहाडी
सुरेश आचार्य
कृष्णप्रसाद देवकोटा
रमेशबहादुर शाह
रामहरी शर्मा
अच्युतराज पहाडी
पारस पौडेल
प्रभाषकुमार कर्माचार्य
जनकराज कालाखेती
श्रवण रिजाल
पुष्पलाल पोते
गणेशबहादुर चन्द
कर्णबहादुर थापा
रवीन्द्र श्रेष्ठ
उपेन्द्र पौडेल
उमेश पौडेल
युवराज अधिकारी
रविन्द्रबहादुर शेरचन
बृहतमान तुलाधररणमा मन्त्री, पूर्वमन्त्री सहित ३३ जना दोषी ठहर (सूची)

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved