२२ रोपनी जग्गा दान अस्पताललाई

  • प्रकाशित मितिः पुस २२, २०७५
  • 1193 पटक पढिएको
  • समय अनलाइन

सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा बन्ने अस्पतालका लागि एक स्थानीयले २२ रोपनी जग्गा दान गरेका छन्।

गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोसी सामुदायिक अस्पतालका लागि स्थानीय समाजसेवी गोरे राईले उक्त क्षेत्रफलको जमिन निःशुल्क दिएका हुन्।

उक्त जग्गामा सुविधासम्पन्न ५० शैयाको अस्पताल बनाउने अभियानमा एक जुट्ट भहि लागिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए।

अस्पताल निर्माणका लागि खर्च छुटाउन चैतमा श्रीमद् भागवत सप्ताहज्ञान बृहत् महायज्ञ आयोजना गरिने गाउँपालिकाले जनाएको छ। महायज्ञबाट २० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।

कुनै पनि किसिमको दुर्घटना तथा बिरामी हुँदा महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने हुदा जनताको बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले अस्पताल निर्माण गर्न लागिएको अध्यक्ष राईले बताए।

गाउँपालिका अध्यक्ष असिम राईले भने, ‘सोलुखुम्बुसहित आसपासका जनतालाई समेत उपचार सुविधा प्रदान गर्न भ्यान्टिलेटरसहितको अस्पताल निर्माण गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved