ताप्लेजुङ फक्ताङलुङ गाउपालिका ५ तापेथोक बस्ने बुध्दिलाल लिम्बुको घरमा आगलागी हुदा लाखौको क्षति भएको छ। शनिबार साँझ साढे ५ बजेको समयमा लिम्बुको आफ्नै घरमा अचानक बिधुत सर्ट भई आगलागी हुदा ढुङ्गा माटोले बनेको टिनको छाना भएको दुई वटा दुईतल्ले घर, दुईवटा भान्छा घरहरु र घरमा रहेको खाध्यन्न सहितको होलसेल पसल,अलैची गोदाम जलेर पूर्ण रुपमा नष्ट भएको छ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी तापेथोकबाट खटीएको प्रहरीको टोलिले स्थानीयको सहयोगमा राती ९ बजे आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीबाट अंदाजि ५० लाख बाराबरको क्षति भएको जिल्ला प्रहरी कर्यालय ताप्लेजुङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved