पाँच लाख नगदसहित काठमाडौँमा समातिए लागुऔषध कारोबारी

  • प्रकाशित मितिः पुस २३, २०७५
  • 1158 पटक पढिएको
  • समय अनलाइन

प्रहरीले लागुऔषध ब्राउनसुगर र करिव पाँच लाख नगदसहित काठमाडौँको सुकेधाराबाट तीन जनालाई पक्राउ गरेको छ।

सोमबार बिहान महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले सुकेधारामा बा७७प ९९०६ र बा९२प १८२० नम्बरका स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा राखेको उक्त लागूऔषध र नगदसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा टोखा नगरपालिका–६, धापासी बस्ने ३० वर्षीय तीर्थनाथ उपाध्याय, बौद्ध बस्ने ३५ वर्षीय धर्मराज लामा र पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्की रहेका छन्।
उनीहरुको साथबाट लागूऔषध ब्राउनसुगर अन्दाजी १० ग्राम, चरेश अन्दाजी १० ग्राम, चक्कु २ थान तथा लागूऔषध सेवन गर्न प्रयोग हुने बिभिन्न किसिमका सामान र ४ लाख ७३ हाजर १ सय नेपाली रुपैयाँ, १ हजार ४ सय भारतीय रुपैयाँ, २० अमेरिकी डलर, नेपाल बैंक लिमिटेडको १ लाखको चेक १ थान र डिजिटल क्यामेरा १ थान समेत बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीन जानलाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved