पूर्वीय साहित्य र संस्कृतिको प्राज्ञ इतिहासले ‘गुरुकुल’ चिन्थ्यो अनि निरन्तरता पाउँदै आएको थियो। तर, बदिलिँदो समयसँगै विद्यालय हुँदै औपचारिक शिक्षाको अवधारणा ई–कक्षासम्म पुगिसकेको छ।
सुनसरीको एक टोलमा भने पिलबोटमुनि सयौँ बालबालिका पढाइन्छन, यो शिलशिला नयाँ होइन २२ बर्ष पुरानो हो।
सुनसरीको इटहरीस्थित टेंग्रा खोला किनारमा पिपलको बोटमुनी एकाबिहानै एक ज्येष्ठ शिक्षक चन्द्र भण्डारी र केही बालबालिका– कोही भुईमा त कोही म्याटमाथि बसेर पढिरहेको भेटिन्छन। राजमार्ग नजिकैको सडकमा दैनिक दुई घण्टाको लागि रुखमुनी भेला हुन्छन, पढ्छन, फर्किन्छन् ।
शिक्षक चन्द्र भण्डारीले त्यो ठाउँको नाम दिएका छन, पिपलबोटे स्कुल जसमा निम्न आय बदाम बिक्री गर्ने, चटपटे बेच्ने, चप्पलजुत्ता सिलाउने परिवारका केटाकेटीलाई उनले खुला स्थानमा भण्डारीले निशुल्क पढाउन थालेकोे २२ वर्ष भइसकेको छ।
कसैले केटाकेटी नपठाए आफैं लिन घर समेत पग्छन्। समयसँगै विद्यार्थीहरु धेरै फेरिए, सबैलाई त शिक्षक आफैं चिन्दैनन्। यो अवधिमा उनले पढाएका विद्यार्थी सरकारी गैरसरकारी क्षेत्रका विभिन्न ओहदामा पुगे, तर शिक्षक फेरिएनन् । न कहिल्यै थाके नै बरु, अर्थिक अभावका कारण पढाइमा निकै उतारचढाब खेपेका उनी ज्ञान बाँड्नुमानै आत्मसन्तुष्टी पाउँछन्।
धनकुटाको एक सरकारी विद्यालयबाट २०४३ सालमा एसएलसी पास गरेका भण्डारी धनकुटा बहुमुखी क्याम्पसमा भर्ना मात्र भए। कारण, पढ्ने इच्छालाइ आर्थिक अभावले ओझेलमा पारिदियो। रोजगारी खोज्दै इटहरी झरे र ग्यारेजमा काम गर्न थाले दैनिक १० रुपैयाँ ज्यालामा पाउथ्ये यसैक्रममा समयसँगै उनले गर्ने काम र जीवनशैली पनि फेरिँदै गयो। आफूसँगै अरुलाइ पनि बदल्ने उनको अभियानलाइ निरन्तरता दिँदै जादाँ भण्डारीको अभिभावकले पनि त्यत्तिकै साथ दिए।
सकारात्मक सोचका साथ थालिएको कामको परिणाम वास्तवमै मीठो हुन्छ। आफ्ना नानीहरूलाई बिहानै बोरा दिएर ट्युसन पठाउँछन्। ट्युसनमा नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई सबै विषय पढाउँछन, उनी । सामुदायिक स्कुलदेखि बोर्डिङका समेत विद्यार्थी हुन्छन्। आइतबार र सोमबार गणित, मंगलबार अंग्रेजी, बुधबार विज्ञान, बिहीबार नेपाली र शुक्रबार सामाजिकलगायतका अरु विषय पढाइ हुन्छ। धेरै कक्षाका विद्यार्थीलाई सबै विषय पढाउँदा पनि उनलाई अफ्ठ्यारो लाग्दैन।
भण्डारीले पढाउदा स्कुलमा भन्दा छिटो बुझ्ने र सरसँग पढ्न सहज हुने विद्यार्थीहरु बताउछन्। विद्यार्थीलाई घामपानीबाट जोगाउन खोलाको छेउमा बाँसको टहरो बनाएका थिए। तर, धेरै समय नबित्दै वैधानिकताको सवाल निस्कियो इटहरी नगरपालिकाले भत्काइदियो । फेरि कक्षा बन्यो, उही धुले किनार। विभिन्न एनजीओ आइएनजीओले कक्षाकोठाका लागि भण्डारीसँग प्रस्ताव नराखेका होइनन्। तर, स्थानीयले नै विद्यार्थीका लागि कोठाको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने उनको चाहना छ।
भण्डारीको यो कार्य जति सराहानीय छ, त्यत्ति नै सोचनीय पनि। सोचनीय त्यो समाजका लागि जहाँ बालबालिककाको शिक्षाका लागि बर्षेनी लाखौँ खर्च अनि, त्यो मुलुकमा जसले व्यवस्थित शिक्षाका नाममा अर्वौ लगानी गरिएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved