सुनसरीको इटहरी २० तरहरामा न्यु तरहरा फेसन सटिङ्ग सुटिङ्ग एण्ड टेलरिङ्ग सेन्टर खुलेको छ। तरहरा बजारस्थित बास्केटबल कोट नजिकै सटिङ्ग सुटिङ्ग एण्ड टेलरिङ्ग सेन्टर खुलेको हो।
शुक्रबार एक कार्यक्रमका बीच इटहरी २० तरहराका वडाध्यक्ष मणिराम श्रेष्ठले सटिङ्ग सुटिङ्ग एण्ड टेलरिङ्ग सेन्टरको उद्घाटन गर्नुभएको हो। उद्घाटन पश्चात श्रेष्ठले सञ्चालकहरुलाई सफलताको शुभकामना दिनुभएको थियो।
करिव ३०लाख रुपैँयाको लगानीमा खुलेको सटिङ्ग सुटिङ्ग एण्ड टेलरिङ्ग सेन्टरमा आकर्षक ब्राण्डका कपडाहरु पाईने सञ्चालक नारायण कार्कीले बताउनुभयो। कार्कीले स्तरीय कपडाका लागि तरहराका ग्राहकले अन्त जानु नपर्ने भन्दै अन्य ठाउँको क्वालिटी आँफुहरुले प्रदान गर्ने ग्राहकहरुलाई बिश्वास दिलाउनुभएको छ।
सटिङ्ग सुटिङ्ग एण्ड टेलरिङ्ग सेन्टरमा कोट पेन्ट सुट अस्कोट लगायत दौरा शुरवाल आदि पनि सिलाईने अर्का सञ्चालक निर्माल अधिकारीले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved