आजबाट सहिद सप्ताह सुरु, कार्यक्रम गरी मनाइँदै

  • प्रकाशित मितिः माघ १०, २०७५
  • 1071 पटक पढिएको
  • समय अनलाइन

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन आहूति दिने सहिदहरुको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारबाट सहिद सप्ताह कार्यक्रम सुरु गरिएको छ।

देश र जनताको मुक्तिका लागि जीवन बलिदान गर्ने सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै माघ १० गते बिहिबारदेखि १६ गते बुधबारसम्म सहिद सप्ताह मनाउने गरिएको हो। यसै अवसर पारेर काठमाडौंको सहिदगेट र टेकुस्थित पिपलबोटमा रहेका चार सहिदहरु गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दको शालिकमा बिहीबार माल्यार्पण गरिएको छ।

जहाँनिया राणा शासनको विरुद्धमा आन्दोलनमा होमिदा विक्रम संवत १०९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुस्थित पञ्चलीमा, धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो। त्यसै घटनालाई स्मरण गर्दै विक्रम संवत २०१२ सालदेखि प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिदको सम्झनामा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न थालिएको हो।

नेपालको पहिलो सहिद भने लखन थापालाई मानिन्छ। थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा विक्रम संवत १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो। देशका लागि जीवन दिने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष फागुन १६ गते सहिद दिवस मनाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved