७ खेलाडी मात्रै मैदानमा, २० गोल खाएपछि क्लब नै निलम्बनमा

  • प्रकाशित मितिः फाल्गुन ७, २०७५
  • 939 पटक पढिएको
  • समय अनलाइन

७ खेलाडी मात्रै मैदानमा, २० गोल खाएपछि क्लब नै निलम्बनमा
 

रोम : तेस्रो डिभिजनको इटालियन लिग फुटबलमा एउटा क्लबले विपक्षीसँग २० गोल खाएपछि कारवाहीको सामना गर्नु परेको छ । तेस्रो डिभिजनको इटालियन लिग अन्तर्गत सोमबार बिहान खेलिएको खेलमा कुनेओले प्रो पिसेन्जालाई २०-० गोलले हराएको थियो ।

उक्त अस्वभाविक नतिजापछि इटालियन फुटबल संघले प्रो पिसेन्जालाई निलम्बन गर्ने निर्णय लिएको हो । ‘यो अस्वभाविक नतिजापछि हामीले लिगको नियमलाई पछ्याउँदै प्रो पिसेन्जालाई निलम्बन गर्ने लिएका छौं’, संघको अनुशासन समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

जारी सिजनको लिगमा २५ खेल खेलिसक्दा प्रो पिसेन्जाले एउटा खेलमात्र जित्न सकेको छ । बाँकी २४ मध्ये पाँच खेल बराबरीमा टुंगिएको छ भने १९ खेलमा प्रो पिसेन्जा पराजित भएको छ । प्रो पिसेन्जा केवल आठ अंकसहित तालिकाको अन्तिम स्थानमा छ । त्यो आठ अंक पनि कारवाही स्वरुप खोसिने भएको छ ।

जारी सिजनका चार खेलमा प्रो पिसेन्जाले अत्यन्तै खराब प्रदर्शन गरेको छ । प्रो पिसेन्जाको एउटा खेललाई त रद्द नै गरिएको थियो । सोही कारणले प्रो पिसेन्जाले ३० हजार युरो जरिवाना समेत तिरिसकेको छ ।

कारवाहीमा परेपछि अब लिग तालिकामा प्रो पिसेन्जाको अंक पनि गणना गरिने छैन । सोमबार खेलिएको कुनेओविरुद्घको खेलमा प्रो पिसेन्जाले मैदानमा ओर्लन केवल आठ खेलाडीको नाम दिएको थियो । त्यसमध्ये पनि एकजना टोलीका फिजियो एलेसियो पिसियारेलीको नाम थियो ।

त्यसैले फिजियो एलेसियोले मैदानमा ओर्लने अनुमति पाएनन् । उनलाई पनि अनुशासन समितिले प्रतिबन्धको कारवाही गरेको छ । अब उनले जारी सिजनमा कुनै पनि टोलीका लागि फिजियोको भूमिका निर्वाह गर्न पाउने छैनन् ।

यसैगरी प्रो पिसेन्जा क्लबका अध्यक्ष माउरिजियो पानेल्लामाथि पनि ६ महिनाका लागि प्रतिबन्ध लगाइएको छ । उनीमाथि आर्थिक अनियमितताको आरोप समेत लगाइएको छ । क्लबका खेलाडीहरुले लामो समयदेखि आफुहरुले पारिश्रमिक नपाएको आरोप लगाएका छन् ।

पारिश्रमिक नपाएकै कारण थुप्रै खेलाडीले क्लब छाडेपछि खेलाडीको अभाव सृजना भएको हो । सुरुमा क्लबसँग ३३ जना खेलाडी भएको बताइएको छ । सुरुका केही खेलमा क्लबको प्रदर्शन पनि स्तरीय नै देखिएको थियो ।

कुनोओविरुद्घको खेलमा प्रो पिसेन्जाले मैदानमा उतारेका खेलाडी पनि सबै किशोर थिए । कप्तान निकोला सिरिग्लियानोको उमेर पनि १८ वर्षमात्र छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved