नेपाली भाषा र संस्कृतिको संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति

  • प्रकाशित मितिः जेठ ११, २०७५
  • 1231 पटक पढिएको
  • Bipin

काठमाडौँ / उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली भाषा र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनु भएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १०७औँ जन्मजयन्तीको अवसरमा सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण तथा ‘आत्म बिलौना’ खण्डकाव्य विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली भाषा र संस्कृतिलाई बाहिरबाट अतिक्रमण भइरहेकाले संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न नसक्ने हो भने मुलुक नै नरहने स्पष्ट पार्नुभयो । “नेपाली भाषा र संस्कृतिलाई अन्य भाषा र संस्कृतिले हस्तक्षेप गरिरहेको छन्”–उपराष्ट्रपतिले भन्नुभयो, “समयमा नै ती हस्तक्षेपबाट बचाउनु पर्दछ ।” उहाँले नेपाली भाषा र संस्कृतिलाई बचाउन साहित्य क्षेत्रमा क्रियाशील स्रष्टा एकताबद्ध भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सोही अवसरमा उपराष्ट्रपति पुनले कवि तुलसी दिवसलाई यसवर्षको ‘युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार’ र पत्रकार गणेश राईलाई ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार’ प्रदान गर्नुभएको थियो । दिवसलाई रु एक लाख र राईलाई रु २५ हजार राशिको पुरस्कार प्रदान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष रविचरण श्रेष्ठले नेपाली भाषाको साहित्यबाट संरक्षण गर्न भूमिका खेलेकालाई जन्मजयन्तीका अवसरमा पुरस्कार प्रदान गरिएको बताउनुभयो । सो अवसरमा युगकवि सिद्धिचरण श्रेष्ठले लेख्नु भएको ‘आत्म बिलौना’ खण्डकाव्यको उपराष्ट्रपति पुनले विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved