महिला टी-२० : मलेसियाविरुद्ध नेपालको सहज जित

  • प्रकाशित मितिः फाल्गुन ७, २०७५
  • 1166 पटक पढिएको
  • समय अनलाइन

 

 
 
 

७ फागुन, काठमाडौं । थाइल्यान्डमा जारी आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ९२ रनभित्र समेटिएपछि नेपालले ३४ रनको जित निकालेको हो ।

टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै एक सय २६ रनको स्कोर खडा गरेको थियो । प्रारम्भिक ब्याट्सउमन सीता राना मगरले नेपालका लागि सर्वाधिक ४२ रन बनाइन् । ४० बलको सामना गरेकी उनले २ चौका प्रहार गरेकी थिइन् । उनले पहिलो विकेटका लागि काजल श्रेष्ठसँग ४६ रनको साझेदारी गर्दै नेपाललाई बलियो प्लेटर्फम बनाउन सफल भइन् । काजलले २९ बलमा ३ चौकासहित १६ रन बनाएर आउट भइन् ।

 
 
मध्यक्रममा आएकी कप्तान रुबिना चौधरीले आक्रामक पारी खेल्दै २५ बलमा अविजित ३३ रन बनाउँदै नेपालको इनिङ उकासिन् । उनको इनिङमा पनि ३ चौका सामेल थिए । यसैगरी इन्दु बर्माले १४ बलमा १३ रन बनाइन् । भेट्रान नेरी थापा १३ बलमा ६ रन बनाएर रनआउट भइन् ।

मलेसियाका लागि दुराइसिंगम, शाशा आज्मी र जुमिका आज्मीले १-१ विकेट बाँडेका थिए । यसैगरी नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि मलेसियाका ब्याट्सउमनहरु विकेटमा टिक्न सकेनन् । नेपालका लागि करुणा भण्डारी र सरिता मगरले २-२ विकेट बाँडेका थिए । यस्तै सिता रानामगर र कविता कुँवरले १-१ विकेट बाँडे ।

मलेसियाका लागि क्रिस्टिना बारेले सर्वाधिक २१ रन बनाइन् । मलेसियाका तीन ब्याट्सउमनले मात्र दोहोरो अंकमा रन बटुलेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved