सुन्दरहरैचा नगरपालिकामा कर्मचारीको मनपरी

  • प्रकाशित मितिः फागुन ९, २०७५
  • 1842 पटक पढिएको
  • समय अनलाइन

कार्यलय समयमा पुग्दैनन् कर्मचारी

 

 विराटचौक । सुन्दरहरैचा नगरपालिकामा कर्मचारीको मनपरीतन्त्र चल्दा सेवाग्राहीहरुले सास्ती बेहोर्नु परेको छ । नगरपालिकामा नयाँ आएको कार्यकारी अधिकृतले कर्मचारी रिजाउँन नसक्दा कर्मचारीहरुको मनपरीतन्त्र चलीरहेको स्वयम कर्मचारीहरु स्वीकार गर्छन ।

 साडे १० देखि ११ बजे सम्म कर्मचारीहरु कार्यलयमा नपुग्दा अधिकांस सेवाग्राहीहरु कर्मचारीलाई कुरेर बस्न बाध्य छन । एक कर्मचारीले नाम नखुलाउँने सर्तमा भने पाँच महिना अगाडी कार्यकारी अधिकृत राजेन्द्र भट्टराईकै कमजोरीका कारण उनका नजिकका कर्मचारीमा कार्यलय समयमा आउँदैनन् । सबैको सेवा सुविधा समेत खोस्दै कर्मचारीलाई रुष्ट ब्यवहार गरेको उनी बताउँछन ।

1 1 3

 सुन्दरहरैचा नगरपालिकामा काम गर्ने वातावरण नै भएन हाकिमको मनपरीतन्त्र छ उनले भने । लालबाबु पण्डितको सिफारीसमा आएका कार्यकारीले सबै कर्मचारीलाई रुष्ट बनाएको कर्मचारीहरु बताउँछन । यता सुन्दरहरैचा नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले भने प्राविधिक कर्मचारीहरु सधै फिलमा हिड्ने गरेको कारण कार्यलय समयमा कर्मचारी नआएको गैरजिम्मेवार उत्तर दिए । उनले भने कडाई गछौ ।

  कर्मचारी ब्यवस्थापन गर्ने नसक्दा अधिकांस कर्मचारीले पोसाक भत्ताबापतको रकम बुझेर पनि पोसाक नलगाई आउँने गरेका छन । निजामती कर्मचारीको पोसाक भत्ताका लागि सरकारले ७ हजार ५ सय रुपियाँका दरले वार्षिक रकम दिए पनि कर्मचारीहरु सरकारी पोसाक नलाई कार्यलय आउँने गरे पनि उनीहरुलाई कडाई नगरेको भन्दै अहिले कार्यकारी अधिकृतको चौतर्फ विरोध हुन थालेको छ । निजामती कर्मचारीको आचरणसम्बन्धी नियमावली–२०६५ मा निजामती कर्मचारीले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved