काठमाण्डौ - सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको छ। सुन आज तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुन हिजो तोलाको ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। गएकाे बुधबार भने सुन तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको थियाे।
यसअघि २०७० साल भदौ १२ गते सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुनकाे भाउ ५ वर्षअघिकै अवस्थामा पुगेकाे थियाे।
यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेर ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved