काठमाडौ - नेपालले आफ्नो पहिलो नानो स्याटलाइट अन्तरिक्षमा पठाउने तयारी गरेको छ । सन् १९५७ मा सोभियत संघले पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो ।
जापानमा अध्ययनरत नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले बनाएको ‘नेपाली स्याटलाइट–१’ लाई अमेरिकाको एक निजी अन्तरिक्ष कम्पनीले ४ वैशाखमा प्रक्षेपण गर्दै छ । यसको निर्माण र प्रक्षेपणमा नेपालले झन्डै दुई करोड रुपैयाँ खर्चेको छ ।
स्याटलाइटले अन्तरिक्षबाट पठाएको तस्बिरका आधारमा जलवायु परिवर्तन तथा मौसम र विपद्सम्बन्धी पूर्व जानकारी पाइनेछ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved