विराटनगर - दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) र अखिल नेपाल फुटबल सङ्घद्वारा संयुक्त रुपमा आयोजना हुने पाँचौं महिला साफ फूटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
विराटनगरमा फागुन २८ देखि चैत ८ गतेसम्म हुने सो प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का र मादिभ्सको सहभागिता रहनेछ । स्थानीय शहीद रङ्गशालामा हुने प्रतियोगिताको तयारी अन्तिम अवस्थामा पुगेको एन्फाका उपाध्यक्ष तथा खेल तयारी समितिका संयोजक पङ्कज विक्रम नेम्वाङले बताउनुभयो ।
साफ महिला फुटबलका लागि विराटनगर महानगरपालिकाले रु एक करोड र प्रदेश नं १ ले रु ५० लाख सहयोग गरेको एन्फाका उपाध्यक्ष किरण राईले बताउनुभयो ।
“आगामी दिनमा काठमाडौँ बाहिर पोखरा, बुटवल, नेपालगञ्ज जस्ता शहरमा प्रतियोगिता आयोजना गर्ने योजना छ”, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भन्नुभयो । खेलाडीलाई अभ्यासका लागि विराटनगर जुट मिल, स्थानीय दिल्ली पब्लिक स्कूल र सुनसरीको दुहबी नगरपालिकास्थित मैदान उपलब्ध गराइएको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भुटान र बङ्गलादेश तथा समूह ‘वी’ मा भारत, श्रीलङ्का र मालदिभ्स छन् । प्रतियोगिता सम्पन्न गर्न करीब रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved